२३ कोरोना भाइरस संक्रमितको सफल उपचार
एजेन्सी ,२४ माघ।चीनको वुहानमा कोरोना भाइरसको संक्रमणका कारण अस्पताल भर्ना भएका २३ जना उपचार पश्चात् घर फर्किएका छन्।
हालसम्म कोरोना भाइरसका कारण चीनमा मात्रै ६३६ जनाको मृत्यु भइसकेको छ भने करिब ३१ हजार मानिसहरुमा यस भाइरसको संक्रमण भएको आशंका गरिएको छ ।उक्त भाइरसका कारण बिहीबार मात्रै चीनमा ७३ जनाको मृत्यु भएको थियो।
कोरोना भाइरस संक्रमणबारे चेतावनी दिने वुहानको एक केन्द्रिय अस्पतालमा कार्यरत ३४ वर्षिया चिकित्सक लि वेन्लियाङको कोरोना भाइरस संक्रमणका कारण मृत्यु बिहीबार मृत्यु भएको थियो । उनले डिसेम्बर ३० मा मात्रै उनका सहकर्मीलाई कोरोना भाइरसले भयावह रुप लिने बताएका थिए।अस्पतालमा कार्यरत रहँदा नै उनलाई कोरोनाको संक्रमण भएको हो ।
Last modified on 2020-02-07 11:20:52