फेयरनेश क्रिमको प्रचार गर्नेलाई ५० लाख जरिवाना र ५ वर्ष कैदको प्रस्ताव



Download our app to get more features

भारत, २४ माघ । भारत सरकारले फेयरनेश क्रिमको प्रचारप्रसार गर्नेलाई ५० लाख जरिवाना र ५ वर्ष कैदको व्यवस्था गर्ने विधेयक ल्याउन लागेको छ ।

भारत सरकारले ड्रग एण्ड जादुई उपचार (आपत्तिजनक विज्ञापन) ऐन, १९५४ लाई परिमार्जन गर्दै नयाँ विधेयक ल्याउन लागेको छ । जसमा स्वास्थ्यसँग जोडिएका फेयरनेस क्रिमको विज्ञापन गर्नेलाई कम्तिमा ५ वर्ष जेल सजाय र ५० लाख जरिवानाको व्यवस्था गरिएको छ ।

फर्मास्यूटिकल्स वस्तु जसले छाला, कालोपन, उचाई, कपाल झर्ने र आउनेजस्ता कुरालाई बढावा दिने काम गरेको छ त्यस्ता वस्तुको प्रचार प्रसार गर्न नपाउने व्यस्था पनि नयाँ परिमार्जिक विधेयकमा गरिएको छ । 

भारतको स्वास्थ्य मन्त्रालयले ल्याउन लागेको विधेयकमा बढीमा १० लाख र कम्तिमा २ वर्षको जेल सजायको व्यवस्था गर्ने गरि नयाँ विधेयक ल्याउन लागेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यदि कोही दोषी भेटिएमा त्यस्ता व्यक्ति र उद्योगलाई कम्तिमा ५ वर्ष जेल र ५० लाख जरिवानाको व्यवस्था पनि गरिएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts