नवजात शिशुमा पनि भेटियो कोरोना भाइरसको संक्रमण
एजेन्सी, २३ माघ । चीनको वुहानको एक अस्पतालमा जन्मिएको ३० घन्टापश्चात् एक बच्चालाई कोरोना भाइरसको संक्रमण देखा परेको छ ।
बच्चा जन्मिनु अगाडि गरिएको आमाको स्वास्थ्य परीक्षणमा कोरोना भाइरसको संक्रमण देखा नपरेपनि बच्चा भने जन्मदैं कोरोना संक्रमित भएको छ ।
चिनियाँ विशेषज्ञ चिकित्सकहरुका अनुसार बच्चा जन्मने क्रममा आमाको पाठेघरमा भएको संक्रमणका कारण बच्चा कोरोना भाइरस देखा परेको हो ।
हालसम्म चीनमा कोरोना भाइरसको कारण मृत्यु हुनेहरुको संख्या ५सय ६३ पुगिसकेको छ, भने २० हजारभन्दा बढी मानिसहरुमा कोरोना भाइरसको संक्रमण भएको चिनियाँ सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । कोरोना भाइरसको संक्रमणका कारण चीनबाहेक हङकङमा र फिलिपिन्समा पनि एक –एक जनाको मृत्यु भएको छ ।