हङकङमा पनि कोरोनाभाइरसको संक्रमणबाट एकको मृत्यु, संक्रमतिको संख्या १५ पुग्यो
हङकङ, २१ माघ । हङकङमा कोरोनाभाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
कोरोनाभाइरसको संक्रमणका कारण हङकङमा पहिलो पटक एक जनाको मृत्यु भएको हो ।
३९ वर्षका एक बिरामी चीनबाट हङकङ आएका थिए । हङकङ सरकारले जनाए अनुसार ३१ जनवरीमा बिरामी भएर अस्पताल भर्ना भएका उनको आज कोरोनाभाइरसका कारण मृत्यु भएको छ ।
व्यक्ति २१ जनवरीमा चीनको हुवेई प्रान्त गएको र दुई दिनपछि हङकङ फर्केका थिए ।
हङकङमा अहिलेसम्म १५ जनामा कोरोनाभाइरसको शंक्रमण भएको पुष्टि भएको छ । यसअघि फिलिपिन्समा ४४ वर्षका एक व्यक्तिको कोरोनाभाइरसको कारण मृत्यु भएको थियो । यो सँगै चीन बाहिर कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगेको छ भने चीनमा मात्रै अहिले सम्म ४ सय २५ जनको मृत्यु भइसकेको छ ।
यसअघि हङकङका नागरिकले चीनसँग जोडिएका नाकाहरु बन्द गर्न माग गर्दै अस्पतालमा हड्ताल गरेका थिउ ।
चीनको वुहान राज्यमा देखिएको नोवेल कोरोनाभाइरसका कारण अहिलेसम्म विश्वका २४ देशमा मानिसहरु प्रभावित भएका छन् ।