काठमाडौं न्यूरो तथा जनरल अस्पतालको रक्तदान कार्यक्रम सम्पन्न 



Download our app to get more features


काठमाडौं, २० माघ । काठमाडौँ न्यूरो तथा जनरल अस्पताल,सुन्धारामा  भएको रक्तदान कार्यक्रममा ५० पिन्ट रगत संकलन भएको छ ।

सोमबार भएको रक्तदान कार्यक्रमबाट ५० पिन्ट रगत संकलन भएको अस्पतालका सीईओ श्याम कुमार श्रेष्ठले बताए ।रगतको माग बढी र रक्तदान कम भैरहदा सृजित रक्त अभावलाई पुर्ण गर्न सहयोग होस् भन्ने उदेस्यले अस्पतालले हरेक तीन तीन महिनामा रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेको अस्पतालले जानकारी दिएको छ  । सो कार्यक्रममा बोल्दै  अस्पतालका सीईओ श्याम कुमार श्रेष्ठले आफ्नो अमूल्य रगत दान दिएर अरू कसैको जीवन बचाउने कार्य गर्नुभएकोमा सम्पूर्ण स्वयंसेवी रक्तदातालाई धन्यवाद दिँदै नियमित रुपमा रक्तदान गर्नुहुनसमेत अनुरोध गरेका छन् ।

साथै उनले हिजोको दिनमा रेडक्रसबाट मात्र यस्ता अभियान सन्चालन भैरहेकोमा अहिले विभिन्न अस्पतालको समेत सहभागितामा रक्तदान कार्यक्रमहरुको आयोजना गरि रगत संकलन गरिनुले रगतको अभावमा अकालमै ज्यान गुमाउनु पर्ने परिस्थितिको अन्त्य गर्न ठूलो टेवा पुग्ने धारणा व्यक्त गरेका थिए ।
 

 

Last modified on 2020-02-03 17:15:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts