थाइल्याण्डका चिकित्सकद्वारा कोरोना संक्रमितको सफल उपचार गरेको दावी



Download our app to get more features

सिएनएन, २० माघ । थाइल्याण्डका चिकित्सकहरूले चीनको वुहान प्रान्तबाट फैलिएको नोवल कोरोना भाइरस संक्रमितको सफल उपचार गरेको दावी गरेका छन् । थाइल्याण्डको स्वास्थ्य मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार एन्टीभाइरल ड्रगको संयोजनबाट कोरोना पीडित बिरामीको सफल उपचार भएको हो ।

थाइल्याण्डको बैंककस्थित राजविथी अस्पतालका चिकित्सक क्रियांग्सक एटिपोर्नवानिचका अनुसार चीनबाट आएकी कोरोना भाइरस संक्रमित ७१ वर्षीया महिलाको सफल उपचार भएको छ । एचआइभी र फ्लू उपचार गर्न प्रयोग गरिने औषधिको संयोजनबाट उपचार सम्भव भएको उनको भनाइ छ । उनले भने,‘यो विधिबाट उपचार गर्दा महिलाको स्वास्थ्यमा निकै राम्रो सुधार आयो । परीक्षण गरि हेर्दा ४८ घण्टामै कोरोना भाइरस नेगेटिभ देखियो ।’ मन्त्रालयका अनुसार प्रयोगशाला रिर्पोटमा ती महिलामा कोरोना भाइरसको कुनै लक्षण देखिएको छैन । बेजिङस्थित अस्पतालमा पनि यही विधिबाट उपचार सुरु गरे पनि यसको परिणाम भने आइनसकेको जनाइएको छ । 

अमेरिकास्थित नेशलन इस्टिच्युट अफ एलर्जी एण्ड इन्फेक्सनका निर्देशक डा. एन्थोनी फोसीले केही समय अघि अहिलेसम्म कोरोना भाइरस संक्रमितको उपचार हुने कुनै औषधि नभएको जनाएका थिए ।  
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts