मार्क इन्टरनेशनलको धादिङमा शिविर, ५ सय लाभान्वित
            काठमाडौं, १९ माघ । मार्क इन्टरनेशलन किड्नी सेन्टरले धार्के धादिङमा बृहत मृर्गौला शिविर सम्पन्न गरेको छ । लायन्स क्लब काटमार्डौ करर्पोरेट नेपाल र हाम्रो राजु मेडिकल हलसँगको संयुक्त आयोजनामा सो शिबिर सम्पन्न भएको हो । शिबिरबाट ५०० भन्दा बढि मानिसले सेवा लिएको मार्क इन्टरनेशलन किड्नी सेन्टरबाट शिबिरको सहभागि स्वीकार बिक्रम शाहले जानकारी दिएका छन् ।
जसमा ५० बर्ष भन्दा माथिका उमेर समुहका बिरामी सबै भन्दा धेरै रहेका थिए । जसमा सुगरका बिरामी ७३ जना, पे्रसरका बिरामी १ सय ७ जना, प्रोस्टेटका बिरामी ५ जना पत्थरीका बिरामी १८ जना पिसाबका सक्रमण भएकाहरु ५८ जनाका साथै अन्य समस्या भएका बिरामीहरुको पनि सहभागिता रहेको थियो ।
शिबिरको मुख्य उदेश्य ग्रामिण क्षेत्रमा रहेका मानिसहरु जो बिभिन्न रोगबाट ग्रसित छन् उनीहरु औषधि उपचारबाट बन्चित भएको भन्दै त्यस्ता बिरामिहरुलाई सहि गन्तब्य दिन खोजिएको शिबिरको नेतृत्व गरेका बरिष्ट मृगौला रोग बिशेषज्ञ डा. अर्चन शम्शेर राणाले बताए । यो शिबिरबाट १७ जना मिर्गौला रोगी पहिचान गरीएको थियो । साथै शिविरमा ३ जनाले डाइलासिस समेत गराएका थिए ।
शिविरमा जाँच गर्न आएकी ९० बर्षिय इन्द्र कुमारी सुनुवारले मार्क इन्टरनेशलन किड्नी सेन्टरलाई फलोस फुलोस भनेर आषिश समेत दिएकी थिइन् ।
                
                
                                    