चीनको दुःखः कोरोना भाइरसमाथि बर्डफ्लूको आतंक, हजारौं कुखुरा नष्ट



Download our app to get more features

एजेन्सी । हुवेई लगायत प्रान्तमा कोरोना भाइरसको संक्रमण फैलिएर नियन्त्रणमा ल्याउन हम्मेहम्मे परिरहेका बेला चीनको अर्को एकस्थानमा एच५एन१ अर्थात बर्डफ्लूको महामारी देखिएको छ ।

चीनको दक्षिणी प्रान्त हुनानको सायोयांग शहरमा अवस्थित एक कुखुरा फार्मका ४५ सयभन्दा धेरै कुखुरा फ्लूका कारण मेरको हुनान प्रान्तको कृषि तथा ग्रामिण विकास मन्त्रालयले जनाएको छ । सो फार्मको झण्डै ८ हजार कुखुरामध्ये ४५ सय संक्रमणपश्चात मरेका हुन् । संक्रमण फैलनसक्ने भन्दै स्थानीय अधिकारीहरुले १७ हजारभन्दा धेरै पोल्ट्री फार्महरुमा परीक्षण र कुखुरा नष्ट अभियान चलाएको खवर छ । यसअघि भारतले पनि यसै साताको सुरुमा विभिन्न स्थानमा कुखुरामा फ्लू भेटिएपछि अण्डा र कुखुरा नष्ट गर्ने अभियान चलाइरहेको छ ।  

पूर्वी यूरोपका देशहरुमा पनि हालै बर्डफ्लूको संक्रमण फैलिएको समाचारहरु आएका छन् । चीनमा सन् २०१३ मा भएको बर्डफ्लू महामारीका कारण चीनमा ३ सयभन्दा धेरैले ज्यान गुमाएका थिए भने १४ हजारभन्दा धेरै मानिसमा संक्रमण पाइएको थियो । उक्त समयमा चीनले ६ दशमलव ५ बिलियन डलर बराबरको आर्थिक नोक्सानी भोग्नुपरेको राष्ट्रसंघको एउटा रिपोर्टमा उल्लेख छ ।

 योपटक पनि नयाँ प्राणघातक कोरोना भाइरससँग जुधिरहेको चीनका लागि बर्डफ्लू तनावका रुपमा थपिएको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts