कोरोना भाइरस आतंकः चीनको हुवेई प्रान्तमा स्प्रिंग फेस्टिवलको बिदा थपियो 



Download our app to get more features

एजेन्सी । चीनमा कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिएको हुवेई प्रान्तमा जारी स्प्रिंग फेस्टिवलको बिदा थपिएको छ । 

रोगको संक्रमण कम गर्न प्रान्तभित्र बिदा दिनुका साथै अन्य प्रान्तमा काम गर्ने हुवेईका नागरिकलाई पनि बिदा दिने चीनको कम्युनिष्ट पार्टीको एउटा निकायले निर्णय गरेको सिन्ह्वाले जनाएको छ । बढ्दो संक्रमणलाई न्यूनीकरण गर्न स्कूल तथा अन्य व्यवसायपनि तत्काल सुरु नगर्न अपिल गरिएको छ । सो प्रान्तमा स्प्रिंग फेस्टिवलका लागि दिइएको बिदा सकिने समय भएको छ । 

संक्रमणग्रस्त क्षेत्रमा सुरक्षित यातायात, उपयुक्त परीक्षण तथा औषधि तथा उपकरणहरुको राम्रो प्रबन्ध मिलाइएको जनाइएको छ । साथै उक्त बैठकले कोरोना भाइरसको नियन्त्रणमा खटिने तथा संक्रमितका लागि आवश्यक पोशाकहरु पनि प्रशस्त मात्रामा बुहान लगायत हुवेईका विभिन्न स्थानमा पुर्याइएको छ । 

Last modified on 2020-02-01 14:32:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts