चीनको वुहानमा सडकमै भेटिन थाल्यो मानिसको शव
एएफपी, १७ माघ । कोरोना भाइरसको उत्पति भएको ठाउँ चीनको हुवानका सडकमै मानिसको शव भेटिन थालेको छ । वुहानको सडकमा कोरोना संक्रमण कै कारण मृत्यु भएको आशंका गरिएका एक व्यक्तिको विहीबार शव भेटिएको हो ।
कोरोना भाइरसको इपिसेन्टर मानिएको वुहानको सडकमा हातमा प्लास्टिकको झोला समातिरहेको अवस्थामा शव फेला परेको हो । एफपीले ती व्यक्तिको मृत्यु कसरी भयो भन्नेबारे केहि पुष्टि नभएको जनाएको छ । मृतकको उमेर करिब ६० वर्ष जस्तो देखिने पनि एएफपीले जनाएको छ । ती व्यक्तिको मृत्यु कोरोनाभाइसरकै कारण भएको हुन सक्ने शव नजिकै उभिएकी एक महिलाले बताइन् । उनले भनिन्, ‘डर लाग्दो अवस्था छ हिजोआज थुप्रै मान्छे मारिरहेका छन् ।’