कोरोना भाइरसको खोप बनाउन अहोरात्र काम 



Download our app to get more features

बिबिसी, १७ माघ । कोरोना भाइरस ६ हजार जना भन्दा बढिमा संक्रमण्म भएको पुष्टि भइसकेको छ । कोरोना भाइरसको प्रकोप सुरु भएको चीनभन्दा १६ हजार किमि पर अमेरिकाको स्यान डिएगोमा वैज्ञानिकहरु संकटकालीन स्थितिमा देखिन्छन् । उनीहरु खोपको विकास गरि  चीन र अन्यत्र मानिसहरुको जीवन रक्षा गर्न अहोरात्र काम गरिरहेका छन् । 

उक्त नयाँ भाइरस पत्ता लागेपछि वैज्ञानिकहरु तत्काल काममा खटिए । चीनले उक्त भाइसरको जेनेटिक कोड सार्वजनिक गरेको थियो । अनुसन्धान तथा विकास, इनोभियो डा. केट ब्रोडरिले भनिन् 'हामीले त्यसको सिक्वन्स चीन सरकारबाट प्राप्त गर्यौं । हामीले अहोरात्र काम गर्यौं र भोलिपल्ट खोपको एउटा प्रारुप बनायौं ।' उनले थपिन 'हामीले तत्काल त्यो खोप उत्पादन गर्न थाल्यौं । अनि मानिसमा परीक्षणको चरणमा जाला भन्ने हाम्रो आशा छ । उनका अनुसार मानिसमा परीक्षणमा ग्रीष्मऋतुको पूर्वार्धसम्म हुने सक्ने छ । उनले भनिन् यो समयक्रम एकदमै अभूतपूर्व हो खोप विकासका लागि । '

वैज्ञानिकहरु अर्को कोरोना भाइरस विरुद्ध खोप बनाउँदै थिए । उनीहरु नयाँ भाइरसका लागि पनि उही डिएनए प्रविधि प्रयोग गर्न सक्षम भए । अमेरिका र अस्टेलियामा Cepiअर्थात कोअलिशन फोर एपिडेमिक प्रिपेअडर््नस इनभेशन्सले अनुसन्धानलाई आर्थिक सहयोग गरेको छ । यसले यथासम्भव चाँडो नयाँ खोप बनाउन लगानी गर्छ । 

इम्युनलजिस्ट, इनोभिओ डा टेभर स्मिथले भने 'यो उत्साहवर्थक काम हो । तर यो धेरै खतरनाक बेला हो । अहिले साँच्चै भाइसरको जोखिम छ । अनि हामीलाई थाहा छ यी भाइरसलाई सिमाको मतलब हुँदैन । '

चीनको महामारीले कस्तो रुप लिन्छ भन्ने कसैलाइै थाहा छैन् अनि समयमै खोप बन्छ कि बन्दैन त्यो पनि स्पष्ट छैन् । प्रयोगशालामा खोपविकास प्रारम्भिक चरणमै छ । तर जीवनरक्षा गर्ने सम्भावना भएको यो काम राम्ररी भइरहेको छ । 
 

Last modified on 2020-01-31 17:43:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts