खोटाङको हलेसीमा नेपाल मेडिसिटिको स्वास्थ्य शिविर सम्पन्न, ५ सय स्थानीय लाभान्वित 



Download our app to get more features

काठमाडौं, माघ १७ । नेपाल मेडिसिटी अस्पतालले खोटाङमा आयोजना गरेका शिविरमा  ५ सय जनाको स्वास्थ्य परीक्षण भएको छ । खोटाङ स्थित हलेसी क्षेत्रमा पर्ने हलेसी तुवाचुुङ न.पा. वडा नं ११, राजापानी, खाम्तेलमा १५ र १६ माघमा शिविर भएको हो । शिविरमा मेडिसिटी अस्पतालका मुटुरोग विशेषज्ञ डा. दिपक मिश्र, स्त्री तथा प्रसुति विशेषज्ञका साथै जेनेरल फिजिसियनको टोलीले स्थानियको  स्वास्थ्य परीक्षण गरेको अस्पतालले जनाएको छ ।  

स्वास्थ्य शिवरमा सामान्य स्वास्थ्य जाँच, स्त्री तथा प्रसुति जाँच र मुटु जाँच गरी विविध स्वास्थ्य समस्याको परामर्श एवं उपचार एकै थलोमा प्रदान गरिएको हो ।
मेडिकल टिममा रहेका अस्पतालका मुटुरोग विशेषज्ञ डा. दिपक मिश्रका अनुसार उपचारमा सहभागि हुन साना बालबालिका देखि ज्येष्ठ नागरिकहरुको उपस्थिति रहेको थियो । खाम्तेल क्षेत्र भौगोलिक रुपमा केहि विकट रहेको र अधिकांशलाई उच्च रक्तचापको समस्या देखिएको पनि उनले बताए । 

 स्त्रीरोग तथा सामान्य समस्याको उपचारका लागि आउने स्थानियको सहभागिता पनि उल्लेख्य रहेको डा. मिश्रको दावी छ । 

हलेसीका मेयर इबान राई र नेपाल मेडिसिटीका मुटुरोग विशेषज्ञ डा. दिपक मिश्रले संयुक्त रुपमा कार्यक्रमको उद्घाटन गरेका थिए ।  सो कार्यक्रममा डा. दिपक मिश्रले उच्च रत्तचाप, हृदयघात र र्हुमाटिक हार्ट डिजिसका बारेमा स्थानीयलाई जानकारी दिएका थिए ।  

राजधानीबाट टाढा रहेको हलेसी क्षेत्रमा स्वास्थ्य टोली गई सेवा प्रदान गर्न पाएकोमा अस्पतालका महाप्रबन्धक विजय रिमालले खुशी व्यक्त गरेका छन् । उनले भविष्यमा पनि यस क्षेत्रमा यस किसिमका कार्यक्रमलाई निरन्तरता दिन अस्पताल तयार रहेको बताए । 


 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts