कोरोना भाइरस संक्रमण कम गर्न चीनका ३१ नर्सले काटे कपाल
संक्रमितको उपचारका लागि ९ सय बेड खाली गराइयो
एजेन्सी, १४ माघ ।नोवेल कोरोना भाइरसको संक्रमण फैलिएको चीनको युहान अस्पतालको दक्षिणी शाखामा कार्यरत नर्सहरुले भाइरस संक्रमणको जोखिम कम गर्न कपाल काटेका छन् ।
उनीहरुले लामो कपालले पनि रोग संक्रमण फैलने सम्भावनालाई बढाएको भन्दै कपाल काटेका हुन् । सो अस्पतालका ३१ जना नर्सले कपाल काटेको तस्वीर पिपुल्स डेली चाइनाले प्रकाशन गरेको छ ।
सो अस्पतालमा बुधवारदेखि कोरोना संक्रमितका लागि विशेष उपचार सेवाको पनि बन्दोबस्त गरिएको छ । सो अस्पतालमा भाइरस संक्रमितलाई उपचारका लागि भन्दै ९ सय बेड खाली गराइएको छ भने एकहजार भन्दा धेरै स्वास्थ्यकर्मी तथा कर्मचारीलाई उपचारका निम्ति तैनाथ गरिएको छ ।
Last modified on 2020-01-29 14:44:42