सन् २०२८ भित्रै ‘रोबोटिक मुटु’ प्रत्यारोपणको तयारी 



Download our app to get more features

एजेन्सी, १४ माघ । वैज्ञानिकहरू एक यस्तो प्रविधि विकासको तयारी गरिरहेका छन् जुन सफल भएमा सन् २०२८ देखि रोबोटिक मुटु प्रत्यारोपण सुरु हुनेछ । हृदयनलीसँग सम्बन्धित अध्ययनकर्ताहरुको यो टिममा अक्सफोर्ड, इम्पिरियल कलेज अफ लन्डन, हार्वर्ड र शेफिल्डका विशेषज्ञहरु संलग्न छन् । रोबोटिक मुटु विकास गर्ने मुख्य उदेश्य भए पनि यो टिमले मुटु रोगसँग सम्बन्धित खोप, मुटुका अन्य दोष, आनुवांकिश रोगको उपचारका विधि र हृदयघात हुनुअघि नै जानकारी दिने प्रविधि समेत विकास गर्नेछ । 

मुटु रोगको उपचार बदल्ने चार परियोजनका लागि तीन करोड पाउण्डको पुरस्कार घोषणा गरिएको छ । यसमध्ये हृदयघातको पूर्व जानकारी दिने प्रविधि विकास पनि एक हो । यो रकम ब्रिटिश हार्ट फाउन्डेशन (बीएचएफ) को बिग बिट च्यालेन्जमार्फत खर्च हुनेछ । यी परियोजनाका लागि ४० देशका ७५ वैज्ञानिक टिमले आवेदन दिएका थिए । त्यसमध्ये चार फाइनलिस्टले आगामी ६ महिनामा आफ्नो विचारलाई मूर्त रुप दिनेगरी ५० हजार पाउण्ड लगिसकेका छन् । बिएचएफ स्थापनाको ६० वर्षको इतिहासमा विज्ञानलाई अझै विकास गर्न यसरी खर्च गरेको पहिलो हो । 

वैज्ञानिकहरूको भनाइ छ की रोबोटिक मुटु विकास भएपछि अंग प्रत्यारोपण समस्या सधैका लागि अन्त हुनेछ । नेदरल्याण्ड, क्याम्ब्रिज र लण्डनका विशेषज्ञहरु मिलेर एक ‘सफ्ट रोबट मुटु’ विकास गरिरहेका छन् । जसले शरीरभित्रै रहेर रगतसञ्चारलाई नियमित गर्नेछ । आगामी तीन वर्षभित्रै यो योजना पुरा गरी जनावारमा प्रत्यारोपण गर्ने तयारीमा वैज्ञानिकहरू छन् । मानिसमा भने सन् २०२८ मा मात्रै रोबोटिक मुटु प्रत्यारोपण गरिने उनीहरुको योजना छ । 

यस्तै एम्सटर्डम विश्वविद्यालयको नेतृत्वमा ‘हाइब्रिड हार्ट’ प्रोजेक्ट सिंथेटिक रोबोटिक निर्माणसम्बन्धी काम भइरहेको छ । यो हार्टले शरीरको प्रतिरक्षा प्रणालीद्वारा स्वीकृत प्रविधिको निश्चित गर्न प्रयोगशालामा निर्मित मानव कोशिकासँग मिलेर मुटुको धड्कन नियमित बनाउँछ । यो एक प्रकारको तररहित ब्याट्रिद्वारा सञ्चालित हुन्छ । यसले लाखौं मानिसको जीवन बचाउन सक्ने विश्वास गरिएको छ ।

अक्सफोर्ड र हार्वर्डका वैज्ञानिकहरूले नेतृत्व गरेको टिमले आनुवांशिक मुटु रोग ठीक गर्ने तरीका बारे अध्ययन गरिरहेको छ । क्याम्ब्रिज र वेलकम सेंगर इन्स्टिच्युटका प्रतिनिधि मानव कोशिकाको बारेमा अध्ययन गरिरहेका छन् । जसले मानिसमा हृदयघात हुनुको कारण पत्ता लगाउने छ । बेल्जियमको क्याथोलिक विश्वविद्यालय र शेफिल्ड विश्वविद्यालका प्रतिनिधि हृदयघातसम्बन्धी पूर्व जानकारी दिने बोक्न मिल्ने मेशिनको विकासमा लागिरहेका छन् । 

Last modified on 2020-01-29 14:39:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts