मिस टिन प्रतियोगितामा ब्लुक्रस अस्पतालको स्वास्थ्य सेवा
काठमाडौं, २ पुस । त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालले मिन टिन प्रतियोगिता अवधिभर स्वास्थ्य सेवा प्रवाह गरेको छ ।
जुन सुकै समयमा जो कसैलाई स्वास्थ्य सेवा आवश्यक पर्ने भन्दै अस्पतालले कार्यक्रम अवधिभर स्वास्थ्य टोलि खटाएको हो । कार्यक्रम ३० मंसिरमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा अस्पताल सञ्चालक समितिका सदस्यसचिव रजत श्रेष्ठ निर्णायकको भुमिकामा समेत रहेका थिए । अस्पतालले समय सापेक्ष विभिन्न सामाजिक कार्यहरुमा समेत जोड दिई सामाजिक उत्तरदायित्व समेत वहन गर्दै आएको प्रवन्धक तथा कार्यकारी व्यवस्थापन सदस्य सती देवी गौतमले जानकारी दिइन् ।