ओम अस्पतालमा मनोरोगको आकस्मिक अवस्थाबारे कार्यशाला गोष्ठी सम्पन्न



Download our app to get more features

काठमाडौं, २६ मंसिर । चाबहिलस्थित ओम अस्पताल एण्ड रिसर्च सेन्टरमा मनोरोगको आकस्मिक अवस्थाबारे बिशेष कार्यशाला सम्पन्न भएको छ ।

काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा कार्यरत जनरल प्राक्टिसनरहरुलाई लक्षित गरि कार्यक्रम संचालन गरिएको हो । कार्यशालामा ओम अस्पतालका सिनियर कन्सल्ट्यान्ट साइकाइट्रिस प्रा.डा. पुष्प प्रसाद शर्माले संचालन गरेका थिए । कार्यशालामा विभिन्न अस्पतालको आकस्मिक बिभागमा कार्यरत चिकित्सकहरुले मनोरोगको आकस्मिक अवस्थामा दिनुपर्ने उपचारका बिधिहरुको बारेमा बिस्तृत रुपमा छलफल गरिएको थियो । 

मनोरोगको आकस्मिक अवस्थाबारे यस किसिमको कार्यशालामा  पहिलो पटक सहभागि हुनपाउँदा आफूहरुलाई खुशी लागेको सहभागिहरुले बताएका छन् ।प्रा. डा. शर्माका अनुसार कार्यशाला आयोजना गर्नुको उद्देश्य लामो समय बिभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा कार्यरत रहँदा त्यहाँ कार्यरत इमर्जेन्सिका चिकित्सकले अन्य किसिमका बिरामीहरुमा भन्दा मानसिक स्वास्थ्य सम्वन्धि रोगको उपचार गर्दा कठिनाई महशुस गरेको पाएपछि  यस विषयमा दक्षता अभिबृद्धि जरुरी रहेको हुनाले गरिएको हो । 

कार्यशालामा काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा कार्यरत दुइदर्जन भन्दा बढी जनरल प्राक्टिसनरहरुको सहभागि गरेको थियो । 
 

Last modified on 2019-12-12 12:28:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts