मंसिर महिनाभरी नि:शुल्क ओपीडी सञ्चालन गर्दै मार्क इन्टरनेशनल   



Download our app to get more features

काठमाडौं, २७ कात्तिक । कलंकिस्थित मार्क इन्टरनेशनल किड्नी सेन्टरले आगामी मंसिर महिनाभरी नि:शुल्क ओपीडी  सेवा सञ्चालन गर्ने भएको छ ।

उच्च रक्तचापका बिरामीलाई लक्षित गरी हरेक सोमवार नि:शुल्क ओपीडी सेवा सञ्चालन गर्न लागेको हो । यस अवधिमा उच्च रक्तचापका बिरामीले डाक्टरसँग निशुल्क परामर्श लिन सक्ने किड्नी सेन्टरले जनाएको छ । 

यसका साथै ६५ बर्ष उमेर नाघेका बृद्धबृद्धाहरुको लागि भने हरेक दिन निशुल्क ओपीडीको व्यबस्था रहेको पनि सेन्टरले जनाएको छ । 

मानविय सेवामा समर्पित हुँदै यस्तो सेवा विस्तार गरेको किड्नी सेन्टरका अध्यक्ष्य डा अर्चन शम्शेर राणाले बताए । दूषित वातावरण, मिसावटपूर्ण र अस्वस्थ खानपिनका कारण मानिसहरु दिनप्रतिदिन रोगी बन्दै गइरहेका बेला अस्पतालले सुरु गरेको निशुल्क स्वास्थ्य सेवाबाट धेरै मानिस लाभान्बित हुने अस्पतालले जनाएको छ ।

Last modified on 2019-11-13 16:30:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts