नेपाल नेशनल हस्पिटलमा टेलिमेडिसिन सेवा सुरु



Download our app to get more features

काठमाडौं, २४ कात्तिक । नेपाल नेशनल हस्पिटलमा टेलिमेडिसिनबाट सेवा सञ्चालनमा आएको छ । 

ग्लोबल टेलिमेडिसिन सेन्टर अमेरिका तथा रोटरी क्लब अफ इन्टरनेशनलको सहकार्यमा नेपाल नेशनल अस्पताल कलङ्कीमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्र यादवले टेलिमेडिसिन सेवाको शुभारम्भ गरेका हुन् ।

राज्यमन्त्री यादवले पछिल्लो समय नेपालको स्वास्थ्य क्षेत्रको विकासका लागि निजी क्षेत्रले महत्वपूर्ण योगदान दिएको बताए ।

अस्पतालका मेडिकल निर्देशक डा. प्रकाश पौडेलले दुर्गम क्षेत्रका जनतालाई सहज स्वास्थ्य सेवा प्रदान गर्न ग्लोबल टेलिमेडिसिन सेन्टर अमेरिकासँग सहकार्य गरेर काम गर्न लागिएको बताए । 

टेलिमेडिसिन सेवाको शुरुआतसँगै आफ्नो अस्पतालका डाक्टरले विदेशी डाक्टरसँग सिक्ने र सिकेको सीपलाई दुर्गम गाउँका जनताको स्वास्थ्य उपचारमा प्रयोग गर्न डा.पौडेलले बताए । 

सेन्टरको सहकार्यमा नेपाल नेशनल अस्पतालसहित त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज, शहीद गङ्गालाल हृदयरोग केन्द्र बाँसबारी, काठमाडौँ मोडल अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उक्त सेवाको जडान गरिएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts