सेवा विस्तार गर्दै नर्भिक अस्पताल, बिशिष्ट अस्पतालको सञ्जाल निर्माण गर्ने



Download our app to get more features

काठमाडौं, ८ कात्तिक । नर्भिक इन्टरनेशनल अस्पतालले आफ्नो सेवा विस्तार गर्ने भएको छ । 

अस्पतालले आफ्नो अत्याधुनिक सुविधासम्पन्न थप नयाँ हस्पिटल भवन निर्माणार्थ गर्ने भएको छ । अस्पतालले शुक्रवार “भूमिपूजन” तथा भवन निर्माणको शिलान्यास गरेको अस्पतालले जनाएको छ । नयाँ भवनको निर्माण पश्चात अस्पताल २ सय शैयाको हुनेछ । 

अस्पतालको प्रस्तावित नयाँ भवन चिकित्सा फाँटका तेस्रो पुस्ताको अति विशिष्ट प्रविधि र विश्वस्तरीय स्वास्थ्य सेवा पु¥याउन आवश्यक पर्ने सवै आधुनिक साधन–सुविधाहरु जडित  हुनेछ । 

नयाँ भवनको प्रस्तावित निर्माण क्षेत्र १,५४,७७०.१ वर्गफिट हुने र भूमि÷जग्गा वाहेक परियोजनाको जम्मा लागत करिव रू. दुई अर्व हुने बताइएको छ । अत्याधुनिक नयाँ भवन निर्माण परियोजना आगामी तीन बर्षभित्र सम्पन्न भइसक्नेछ । अस्पतालको डिजाइन अग्रणी कम्पनी–केज कन्सल्ट (प्रा.) लि. ले गरेको छ । सबै प्रदेशमा बहुआयामिक बिशिष्ट अस्पतालहरुको सञ्जाल निर्माण गर्ने योजना अस्पतालको रहेको छ । 
 

Last modified on 2019-10-25 16:22:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts