नर्भिक इन्स्टिच्युट अफ नर्सिङ एजुकेशन र थाइल्याण्डको माहिडोल विश्वविद्यालयबीच सम्झौता  



Download our app to get more features

काठमाडौं, ७ कात्तिक । अन्तर्राष्ट्रिय अवसहरुलाई विस्तार तथा साँस्कृतिक सम्बन्धलाई मजबुत बनाउँदै विद्यार्थी तथा संकायहरुबीच सहयोग आदान–प्रदान गर्ने उद्देश्यले नर्भिक इन्स्टिच्युट अफ नर्सिङ एजुकेशन र थाइल्याण्डको माहिडोल विश्वविद्यालयबीच सम्झौता भएको छ ।  रणनीतिक साझेदारी तथा प्राज्ञिक सहयोग आदान–प्रदान सम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारीपत्रमा नर्भिक इन्स्टीच्युट अफ नर्सिङ एजुकेशनका तर्फबाट कार्यकारी निर्देशक पारस शाक्य र माहिडोल विश्वविद्यालयका तर्फबाट त्यहाँका प्रेसिडण्ट वाञ्चोङ्ग माहासायारियाले हस्ताक्षर गरेका हुन् ।   

दुई संस्थाबीच भाईचाराको अभिवृद्धि गर्ने, पाठ्यक्रम विकास, अनुसन्धान लगायतका अन्य शैक्षिक गतिविधिहरुमा सहयोग आदान प्रदान गर्ने, शैक्षिक ज्ञान तथा स्रोत साधन आदान–प्रदान गर्ने, आपसी सहकार्यमा शैक्षिक कार्यक्रमहरुको विकास गर्ने, आपसी सहकार्यमा कार्यशाला गोष्ठी, सेमिनार, सभा सम्मेलनको आयोजना गर्ने तथा थप सहकार्यका अन्य सम्भावनाहरुको खोजी गर्ने सम्झौता पत्रमा उल्लेख छ । 

 सम्झौता सहकार्यका क्षेत्रहरुहरुको खोजी गरी छलफल र आपसी समन्वयका माध्यमबाट अघि बढ्न प्रेरित गर्ने उद्देश्यका निमित्त पर्याप्त रहेको उल्लेख गरिएको छ । उपरोक्त साझेदारी आगामी ५ बर्षसम्म कायम रहने छ ।  

Last modified on 2019-10-24 12:04:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts