स्पार्क हेल्थ होमको 'विश्व फिजियोथेरापी दिवस'को अवसरमा निःशुल्क शिविर



Download our app to get more features

काठमाडौं, २२ भदौ । स्पार्क हेल्थ होम अस्पतालले निःशुल्क शिविर सञ्चालन गरेको छ ।

विश्व फिजियोथेरापी दिवसको अवसरमा आइतबार कालिमाटीस्थित अस्पतालले बिरामीका लागि निःशुल्क शिविर सञ्चालन गरेको हो । 

शिविरमा फिजियोथेरापी हाडजोर्नी, नशा च्यापिएका, प्यारालाइसिस लगायतका रोग भएका बिरामीको उपचार गरिएको थियो ।

विभिन्न चोट पटकका कारणले भएको भौतिक पीडा लगायत मांशपेशी नशा हाडजोर्नीको पीडा कम गर्न पनि फिजियोथेरापी गर्ने गरिएको अस्पतालका प्रमुख रुपेश अधिकारीले बताए ।

स्पार्क अस्पतालले २७ वर्षअघि सानो एउटा कोठाबाट शुरु गरेको फिजियोथेरापी सेवा हाल अत्याधुनिक मेशिन सहित सबै खालका फिजियोथेरापी ‘टुल’ प्रयोग गरेर नेपालका विभिन्न स्थानबाट सेवा दिँदै आएको छ ।

Last modified on 2019-09-08 20:23:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts