स्टार अस्पतालको विद्यार्थी लक्षित मिर्गाैला जाँच तथा परामर्श शिविर सम्पन्न



Download our app to get more features

काठमाडौं, २२ भदौ । नयाँ छहारी क्लब, किर्तिपुरसंगको सहकार्यमा स्टार अस्पतालले विद्यार्थि लक्षित मिर्गाैला जाँच तथा परामर्श शिविर सम्पन्न गरेको छ । २० भाद्रमा बाग भैरव मावि किर्तिपुरमा अध्ययनरत विद्यार्थिहरुलाई अस्पतालले मिर्गाैला रोग सम्बन्धी जानकारी, जाँच तथा प्रशिक्षण दिएको हो । 


मिर्गाैला रोग विशेषज्ञ डा. अनिल पोखरेलको टोलीले विद्यार्थीहरुलाई मिर्गाैला रोग सम्बन्धी जानकारी प्रदान गर्नुका साथै उनिहरुको पिसाब तथा रगतमा क्रियटिनाईनको मात्रा जाँच गरेको थियो ।

किड्नी बचाँऊ भन्ने अभियान अन्तर्गत बालबालिका देखि वृद्धवृद्धा सम्म सचेतना जागरुप गर्ने उद्देश्य अनुरुप विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई लक्षित गरी कार्यक्रम संचालन गरिएको अस्पतालले जनाएको छ ।


 

Last modified on 2019-09-08 15:20:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts