२४ औं वर्षमा इसान बाल तथा महिला अस्पतालः १०० शैयासहितको नयाँ भवन बन्दै



Download our app to get more features


काठमाडौं, ७ भदौं । पन्ध्र शैयाबाट सुरु भएको बसुन्धारास्थित इसान बाल तथा महिला अस्पतालले १०० शैयासहितको आफ्नै नयाँ भवन निर्माण गरिरहेको अस्पतालका निर्देशक आरपी चौधरीले बताए । 

उनकाअनुसार नेपालकै पहिला यस निजी बाल अस्पतालमा हाल २५ शैया र ४७ जना वरिष्ठ विशेषज्ञ रहेका छन् । 

शनिबार अस्पतालको २४ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा निर्देशक चौधरीले अस्पतालले विगतदेखि हालसम्म दिदैं आएको सेवा, अस्पतालको प्रगति र योजनाबारे प्रष्टाए । 
उनले नेपालकै नमूना बाल अस्पतालका रुपमा इसान अस्पताललाई प्रस्तुत गरिने समेत बताए । 

कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य विभागका महानिर्देशक डा.शुशिल प्याकुरलले अस्पतालले २४औं वर्षसम्म आइपुग्दा मात्रै २५ शैया हुनु दुःखद रहेको बताए । 
अस्पताललाई स्तारोन्नती बनाउन सबैको सोच एउटै हुन आवश्यक रहेको डा. प्याकुरलको भनाई थियो ।

कार्यक्रमकि विशेष अतिथि टोखा नगरपालिकाकि उपप्रमुख ज्ञानमाया डंगोलले अस्पताल निर्माणका लागि लिइएको सार्वजनिक जग्गा सर्वसाधरणको नपरेको भन्दै जग्गा झमेलालाई सुल्झाउने प्रतिवद्धता गरिन् । उनले इसान बाल अस्पताल टोखा नगरपालिककौ नमूना बाल अस्पताल बन्ने विश्वास व्यक्त गरिन् । 

कार्यक्रमको अध्यक्षता संचालक समितिका अध्यक्ष  डा. नारायणबहादुर थापाले चार जनाबाट शुरु गरिएको अस्पताल यहाँसम्म लेराउन निकै चुनौति व्यर्होनु परेको बताए ।

१४ लाखबाट थालिएको सेवा अहिले निकै सुधार हुँदै गएको भन्दै डा. थापले सबै मिलेर अस्पताललाई अझै स्तारोन्नती गर्दै लैजानुपर्ने बताए । यस अस्पतालमा बालबालिका र महिलाका समस्यासहित, सामान्य सर्जरी, कान, आँखा, छाला, दाँतको समस्यालगायतको उपचार गरिन्छ ।  

Last modified on 2019-08-26 11:05:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts