मनोमोहन अस्पतालमा नवजात शिशु उपचार सघन कक्ष सुरु



Download our app to get more features

काठमाडौं, २ साउन । स्वयम्भुस्थित मनोमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा नवजात शिशु उपचार सघन कक्ष (एनआइसियु)को उद्घाटन भएको छ ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्र यादवले बिहिवार उद्घाटन गरेसँगै एनआइसियु कक्ष सञ्चालनमा आएको छ । 

अस्पतालका निर्देशक धर्मदत्त सुवेदीले अस्पताल सधैं गुणस्तरिय उपचारका लागि तत्पर रहेको बताए । विषेशगरी बालबालिकाको स्वास्थ्यमा अस्पतालले योगदान पुर्याउने उनले बताए । 

निर्देशक सुवेदिकाअनुसार एनआइसियु कक्षमा ५जना डाक्टरहरु रहने छन् । जसअन्तर्गत डा. सुजन सायमी, डा. प्रभा मैनाली, डा.बिन्दु पौडेल डा. रक्षा गौतम र डा.लिली राजभण्डारी रहने छन् । 

Last modified on 2019-07-29 15:24:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts