थापा बने अल्का अस्पतालको नयाँ सिइओ



Download our app to get more features

काठमाडौं, १ साउन । ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल प्रा.लि. को प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा दिलिप थापा नियुक्त भएका छन् । 

अल्का अस्पतालको बोर्ड बैठकले थापालाई सिइओमा नियुक्त गरेको हो । नियुक्त भएसँगै थापाले बुधबारबाटै कार्यभार पनि सम्हालेका छन् । 

कार्यभार सम्हाल्दै थापाले अल्का अस्पताललाई नमुना अस्पतालको रुपमा विकसित गर्ने बताए । 
१३ वर्ष अघि स्थापना भएको अल्का अस्पतालले मधुमेह तथा थाइराइड, बाल रोग, गाइनोकोलोजी, युरोलोजी,न्युरो फिजिसियन तथा सर्जरी, ग्यास्ट्रोलोजी, कलेजोरोग विशेषज्ञ, आइभिएफ, बाथ रोग विशेषज्ञ, ब्लड क्यान्सर, मुटु रोग विशेषज्ञ, छाति रोग विशेषज्ञ, नाक कान घाँटी रोग विशेषज्ञ, मृगौला रोग विशेषज्ञबाट सेवा दिइरहेको छ । 

त्यस्तै जनरल फिजिसियन, हाड जोर्नी तथा नशा रोग, मानसिक रोग विशेषज्ञ, दन्त रोग विशेषज्ञ, आँखा रोग विशेषज्ञ, सर्जरी, छाला तथा यौन रोग, डायालासिस विशेषज्ञबाट सेवा दिनुका साथै चौबिसै घन्टा सेवा प्रदान गरिरहेको छ । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts