नर्भिक अस्पताल 'क्वालिटी च्वाइस प्राइज, २०१९' बाट सम्मानित



Download our app to get more features

काठमाडौं, असार २४। थापाथलिस्थित नर्भिक इन्टरनेशनल अस्पतालले क्वालिटी च्वाइस प्राइज, २०१९ बाट सम्मानित भएको छ । गुणस्तर अनुसन्धानकालागि युरोपेली समाजद्वारा जर्मनीको बर्लिनमा असार २२ गते आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा नर्भिकलाई सम्मानित गरिएको हो । 


अस्पतालको अभिभावकीय– संस्था वि.एल.सी. होल्डिङ्गस् प्रा.लि. का कार्यकारी निर्देशक मनिष खेमकाले उक्त पुरस्कार ग्रहण गरेको अस्पतालले जनकारी दिएको छ । समारोहमा ६ वटा महादेशका गरी उत्कृष्ट ५५ विश्वव्यापी कम्पनी, अस्पताल, जनप्रशासन तथा विविध क्षेत्रलाई प्रतिनिधित्व गर्ने संघ–संस्थाहरु समेत पुरस्कृत भएका छन् ।

गुणस्तरीय अनुसन्धान सम्बन्धी युरोपेली समाज स्वीटजरल्याण्डमा मुख्यकार्यालय रहेको एक युरोपेली संस्था हो । यसले गुणस्तर सम्बन्धी जनचेतनाको प्रवद्र्धन गर्ने, संसारभर व्यवसायका नैतिक अभ्यासलाई प्रर्वद्धन गर्ने, गुणस्तरीय व्यवसायिक अभ्यास गर्ने÷गराउने, प्राविधिक नवीनता वा नविनीकरण थप्ने, व्यवसायिक कम्पनीहरु तथा संघ–संस्थाका गुणस्तर सम्बन्धी उपलब्धीहरुलाई सम्मान गर्ने, जनप्रशासन सम्बन्धी संस्था र अन्य संघ–संस्थाका सफलतम् कार्यक्षमता कार्यकौशलता सम्बन्धी रणनीतिहरुको प्रचार–प्रसार एवम् प्रकाशन गराउने कार्य गर्दछ । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts