कान्तिपुरको तीनदिने स्वास्थ्य शिविरः १२ सय ९३ ले गराए परीक्षण



Download our app to get more features

काठमाडौं, २६ चैत । कान्तिपुर डेन्टल कलेज एण्ड टिचिङ हस्पिटल एवम् कान्तिपुर जनरल अस्पतालले रुपन्देहीको तिलोत्तमामा आयोजना गरेको बृहत निशुल्क स्वास्थ्य शिविरमा १२ सय ९३ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । 
तिलोत्तमास्थित श्रीकोट हिमाई मिसुजु आधारभुत विद्यालय परिसरमा गत मंगलबारबाट तीन दिनसम्म सञ्चालित शिविरमा परीक्षणपछि  थप उपचार गर्नपर्ने बिरामीलाई अन्य अस्पतालमा रिफर पनि गरिएको छ ।

बीएम फाउन्डेशन, कान्तिपुर डेन्टल कलेज हस्पिटल बसुन्धरा, कान्तिपुर डेन्टल सेन्टर भलवारीको संयुक्त आयोजनामा शिविर संचालन भएको शिविर संयोजक कान्तिपुर जनरल हस्पिटलका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले जानकारी दिए ।

साथै उक्त स्वास्थ्य शिविरलाई रोटरी क्लव अफ काठमाडौँ नर्थ डिस्ट्रिक ३२९२, रोटरी क्लव अप भैरहवा, रोटरी क्लव अफ म्याथ्युज आरआई डिस्ट्रिक ७६८०, ताइवान प्रिभेन्टिभ व्लाइन्डनेशन फाउन्डेशन, सुपा महिला सहकारी लिमिडेटको पनि सहयोग थियो । 
शिविरमा सामान्य चिकित्सासहित मुख तथा दन्त स्वास्थ्य र आँखा स्वास्थ्य परीक्षण गरिएको छ ।

जसका लागि काठमाडौँस्थित कान्तिपुर जनरल हस्पिटलबाट ८ जना, कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटलबाट २२ जना र भैरहवास्थित युनिभर्सल मेडिकल कलेजबाट १२ जना गरी ४२ जना मेडिकल टिम परिचालित गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

शिविरमा सामान्य तथा स्त्री रोगका गरी ४ सय ४३ जना, दन्त परीक्षण ४ सय ५० जना र ४ सय जनाले आँखा परीक्षण गराएका थिए ।  

सो शिविरमा सहभागि कान्तिपुर जनरल हस्पिटलकी स्त्रीरोग विशेषज्ञ डा दीपशिखा मिश्रले अधिकांशमा आङ खस्ने समस्या बढी आएको बताइन् । डा मिश्रले परीक्षणका क्रममा ३४ जनाको आङ खस्ने समस्या भएको, केहीलाई पेल्वीक इन्फ्लामेटरी डिजिज रहेको जानकारी दिइन् । 

आँखा परीक्षणका क्रममा ५० भन्दा बढीको मोतियाविन्दुको शल्यक्रिया गर्नुपर्ने देखिएको उपचारमा सहभागी आँखा विशेषज्ञ डा आरपी साहले बताए । 

उनकाअनुसार ती बिरामीहरुलाई थप उपचारका लागि युनिभर्सल मेडिकल कलेज भैरहवामा रिफर गरिएको छ । 

जनरल हस्पिटलका अध्यक्ष श्रेष्ठले शिविरमा जनरल मेडिसिन अन्तरर्गत छाती, पेट, स्त्रीरोग, बालरोग, मुख तथा दन्त र आँखा जाँचको समेत व्यवस्था मिलाइएको बताए ।

उनले शिविरमा मुख तथा दन्त परीक्षणका लागि मोवाइल भ्यान समेत लगिएको र दाँत भर्ने, निकाल्ने र सफा गर्ने सुविधा समेत दिइएको जानकारी दिए ।
 

Last modified on 2019-04-10 14:08:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts