निदान हस्पिटलमा मुटु रोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न



Download our app to get more features

निदान हस्पिटल लिमिटेड पुल्चोकको आयोजानामा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । मुटु रोग सम्बन्धि बिरामीलाई लक्षित गरि गरिएको उक्त शिविरमा ५ सय भन्दा बढीले स्वास्थ्य परिक्षण गराएको आस्पतालले जानकारी गराएका छन् ।

वरिष्ठ मुटु रोग विषेशज्ञ प्रो.डा.अरुण मास्केद्वारा बिरामीको परिक्षण गर्नुका साथै इसीजी टेस्ट पनि निःशुल्क गरिएको थियो । कार्डिएक हेल्थ प्याकेज र सिफारिस अनुसार गरिएको सम्पूर्ण ल्याब टेस्टहरुमा ५० प्रतिशत  छुट प्रदान गरिएको थियो ।

शिविर शुक्रबार दिउँसो २ बजेदेखि बेलुकी ७ बजे सम्म र शनिवार विहान ८ बजे देखि बेलुकी ७  बजे सम्म सञ्चालन गरिएको थियो ।  

शिविरमा ५ सय भन्दा बढी बिरामीले इसीजी गराएका थिए भने ३ सय ५० भन्दा बढीले कार्डिएक हेल्थ प्याकेज गराएका थिए ।  

Last modified on 2019-04-07 14:48:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts