बारा-पर्साका घाइतेको सहयोगको लागि ब्लुक्रसले गर्याे रक्तदान कार्यक्रम



Download our app to get more features

काठमाडौं, २२ चैत । हावाहुरीका कारण घाइते भएर उपचार गराइरहेका बारा पर्साका पीडितको सहयाेगार्थ ब्लुक्रस अस्पतालले एकदिने रक्तदान कार्यक्रम अायाेजना गरेको छ । उपचार प्रक्रियामा रगत अभावले पारेको संकटलाई केहि हदसम्म भएपनि सघाउने उद्देश्यले रगत संकलन गरेकाे अस्पतालले जनाएकाे छ ।

अस्पतालले शुक्रबार आयोजना गरेको रक्तदान कार्यक्रममा अस्पतालका चिकित्सक, नर्स, कर्मचारीलगायत टोलबासीको पनि सहभागिता थियो । कार्यक्रम अस्पताल परिसरमा नै सम्पन्न भएको हो । करिब एक सय जनाले रक्तदान गरेको अस्तालकी प्रबन्धक सतिदेवि गौतमले जानकारी दिइन् । रक्तदानबाट एकले अर्काे ज्यान बचाउन सक्ने भन्दै गौतमले सबै रक्तदातालाई धन्यबाद दिइन् ।

 

Last modified on 2019-04-07 12:37:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts