मधुमेह दिवसमा अल्का अस्पतालको नेतृत्वमा प्रभातफेरी



Download our app to get more features

काठमाण्डौ, २८ कात्तिक । आज नोभेम्वर १४ अर्थात विश्व मधुमेह दिवस, विश्वमा रहेका मानिसहरुमा मधुमेह सम्वन्धी चेतना अभिवृद्धि गरी स्वस्थ जीवनयापन गर्न अभिप्रेरित गर्ने उदेश्यले यो दिवस मनाइँदै छ ।

दिवसको अवसरमा ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालको नेतृत्वमा भएको र्यालीको आयोजना गरिएको छ । कार्यक्रममा काठमाडौं डाइबेटिज एण्ड थाइराइड सेन्टर, लाइन्स क्लव अफ काठमाडौं अल्का डिस्ट्रिक एटु ३२५ लियो क्लव अफ काठमाडौं लगायत सहभागी भए । र्याली जावलाखेलस्थित अल्का अस्पतालबाट सुरु भएको कुमारीपाटी, लगनखेल, मंगलबजार, पुल्चोक हुदैँ पुन अस्पताल प्राङगणमा आएर टुंगिएको थियो।

परिवारको सम्पूर्ण सदस्यको जीवनशैली, खानपीन, एक आपसको सम्वन्ध, आर्थिक तथा मानसिक पक्षले मानिसमा मधुमेह र त्यसका विविध असर देखिने सेन्टरका चिकित्सक डा. अंशुमाली जोशीले बताए । उनका अनुसार परिवारको कुनै एकजनालाई प्रकार दुई (टाइप २) मधुमेह भएमा अरु सदस्यलाई ढिलो चाँडो हुने सम्भावना ५० प्रतिशत हुन्छ । त्यसैले प्रकार दुई मधुमेहलाई वंशानुगत मधुमेह पनि भन्ने गरिन्छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts