बाइपास गर्न नसकेका १ सय १० केजीका बिरामीको तीनवटै धमनीको एन्जिओप्लाष्टीद्वारा उपचार



Download our app to get more features

काठमाडौ, १४ असोज । विश्व मुटु दिवसको अवसर पारेर बल्खुस्थित वयोधा अस्पतालले मुटु उपचारमा आफुले गरेका केही नयाँ र जटिल उपचारका बारेमा जानकारी गराएको छ ।

 शनिवार अस्पतालले राजधानीमा आयोजना गरेको कन्ट्न्यिूयस मेडिकल एजुकेशन कार्यक्रममा यी उपचारका बारेमा अस्पतालका मुटुरोग विशेषज्ञ डा. कुनाल विक्रम साहले प्रस्तुति गरेका थिए । उनले पछिल्लो समय १ सय १० केजी तौल भएका व्यक्तिको सफल एन्जियोप्लाष्टी गरेको जनाए । साहका अनुसार ती बिरामीलाई राजधानीका अन्य अस्पतालले तौल घटाएका खण्डमा मात्र उपचार गर्नसक्ने जनाएका थिए । बिरामीकाे मुटसका तीनवटा धमनी बन्द थिए । एकदुई पाइला हिँड्न समेत नसक्ने बिरामी अहिले सामान्य जीवन बाँचिरहेको उनले बताए । त्यस्तै, अस्पतालले मुटुका जटिल प्रकारका अवरोधहरुलाई समेत सफलताका साथ खुलाएको साहको दावी छ । विपन्न नागरिक सहुलियत अन्तर्गत पनि बिरामीहरुले मुटुको विशेषज्ञ उपचार पाएको अस्पतालले जनाएको छ ।  

त्यस्तै कार्यक्रममा वयोधामा एन्जियोप्लास्टि गरेका बिरामी ,मुटुको विभिन्न शल्यक्रिया गरेको बिरामीको समेत सहभागिता थियो । उनीहरुले मुटुरोगका बारेमा बोल्नुका साथै आफ्नो अनुभव सुनाएका थिए । कार्यक्रममा अस्पतालले मुटु रोगको उपचारमा थपेका प्रविधि र विज्ञताको बारेमा जानकारी गराइएको थियो । अस्पतालका मेडिकल डाइरेक्टर समेत रहेका वरिष्ठ चिकित्सक डा. श्याम बहादुर पाण्डेले अस्पताललाई थप गुणस्तरीय सुलभ बनाउने उपचार प्रविधि र जनशक्ति थपिएको बताए । 

समाचारमा यसअघि सफल एन्जिओप्लाष्टी हुनुपर्नेमा अन्यथा भएकोमा सच्च्याइएको छ । 
सं

Last modified on 2018-10-01 08:19:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts