ग्रिनसिटी अस्पतालले थप्यो ३२ स्लाइसको सिटीस्क्यान



Download our app to get more features

काठमाण्डौ, १४ असोज । राजधानीको बसुन्धारास्थित ग्रीनसिटी अस्पतालले ३ करोडको लागतमा ३२ स्लाइसको सिटीस्क्यान सञ्चालनमा ल्याएको छ । 

नयाँ मेशिन ल्याएसँगै सिटिस्क्यान गर्न अन्य डाइग्नोष्टिक सेन्टरमा पठाउनुपर्ने बाध्यता अन्त्य भएको अस्पतालले जनाएको छ । 'यसअघि दुर्घटना लगायतका आकस्मिक बिरामीलाई समेत प्रविधि नहुँदा अन्त रिफर गर्नुपथ्र्यो त्यो अन्त्य भयो ।' अस्पतालका प्रशासक मनिष दवाडीले भने , 'अन्य निजी अस्पतालको तुलनामा सस्तोमा सेवा दिने उद्देश्य छ ।'

अस्पतालमा दैनिक १५ वटाभन्दा बढी सिटिस्क्यान चाहिने बिरामी भएपनि यसअघि अन्त रिफर गर्ने गरिन्थ्यो । २४ घण्टा नै सिटिस्क्यान सेवा दिँदा अझै बिरामी थपिने अस्पतालले दावी गरेको छ । रेडियोलोजिष्टहरु डा. हेनसन खड्का र डा. भवानी यादवले सेवा सञ्चालन गर्ने जनाएको छ । 

Last modified on 2018-09-30 16:18:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts