ब्लुक्रस अस्पताल र अलोकी केयर होमबीच सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर



Download our app to get more features

काठमाण्डौ, ११ असोज । राजधानीको त्रिपुरेश्वर स्थित ब्लुक्रस अस्पताल र सानेपाको अलोकी केयर होमबीच उपचार सहुलियत सम्बन्धी सम्झौता भएको छ । 

वृद्धवृद्धाको स्याहार गर्ने उद्देश्य सहित खुलेको अलोकी केयर होमले आकस्मिक र थप उपचार आवश्यक भएमा ब्लुक्रसमा गराउने सम्झौता भएका अलोकीका सञ्चालक डा. मोहन भण्डारीले जानकारी दिए । उहाँहरुको स्वास्थमा कुनैपनी समस्या आइहालेमा ब्लुक्रस अस्पताल नजिक र राम्रो भएकोले आवश्यक उपचारको लागि सहकार्य गरेका हौं डा. भण्डारीले भने । सम्झौता अनुसार अलोकी केयर होममा रहेका वृद्धवृद्धाके थप उपचार सहुलियतमा ब्लुक्रस अस्पतालले गर्नेछ । 

उपचार सेवामा साझेदारी गर्ने सम्बन्धी सम्झौता पत्रमा  ब्लुक्रस अस्पतालका तर्फबाट रजत श्रेष्ठ र सति गौतम तथा अलोकी केयर होमका तर्फबाट डा. अजय पराजुली र डा. मोहन भण्डारीले हस्ताक्षर गरेका छन् । 
 

Last modified on 2018-09-27 16:02:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts