इवामुरा अस्पतालले एकमहिना निःशुल्क स्वास्थ्य शिविर गर्ने 



Download our app to get more features

काठमाडौ ३, असोज । भतmपुरस्थित इवामुरा मेमोरियल अस्पतालले भदौ २४ देखि असोज मसान्तसम्म चल्नेगरी बृहत स्त्रीरोग शिविरको संचालन गरेको छ । 

शिविरमा अस्पतालकी स्त्रीरोग विशेषज्ञ डा. शोभा मारिखु र डा.आभा हाडा सहितको  टोलीले हरेकदिन बिहान ११ बजेदेखी बेलुका ५ बजेसम्म सेवा दिने अस्पतालले जनाएको छ ।

शिविरमा विशेष गरी महिनावारी गडबडीको समस्या,  बच्चा नबस्ने समस्या,तल्लो पेट दुख्ने ,लगायत महिलाहरुको दीर्घकालीन रोगहरुको निःशुल्क चेकजाँचको व्यवस्था गरिएको अस्पतालले जनाएको छ ।

हालसम्म शिविरबाट १ सय ५० भन्दा बढीले सेवा लिइसकेको छन् भने पाँचओटा भन्दा बढी सानाठुला शल्यक्रिया र एकसय जनाको भिडियो एक्स रे गरिएको छ । 

असोज मसान्तसम्म चल्ने शिविरबाट २५ सयभन्दा बढी महिलाहरुले निशुल्क चेकजाँच ,परार्मश लिने अनुमान रहेको अस्पतालका व्यवस्थापक रजिंत मारिखुले बताए । शिविर अवधिमा अन्य विभिन्न जाँचमा पनि छुटको विशेष व्यवस्था गरिएको अस्पतालले जनाएको छ ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts