न्यकू मतःतया जात्रामा निदान हस्पिटलको घुम्ती शिविर



Download our app to get more features

काठमाडौं, १२ भदौ । ललितपुरको पाटनमा लागेको न्यकू जात्रा मतयाःया का अवसरमा निदान हस्पिटलले घुम्ती प्राथामिक उपचार शिविरको आयोजना गरेको छ ।

जात्राको लागी निदान हस्पिटल अफिसल मेडिकल पार्टनरको रुपमा काम गरिरहेको छ । शिविरमा मतयामा परिक्रमा गर्ने तिर्थालुको स्वास्थ्यमा विभिन्न समस्या देखा पर्ने भएकाले उनीहरूको स्वास्थ्यलाई मध्यनजर गदै शिविर संचालन गरेको कार्यकारी अधिकृत अविषेक श्रेष्ठले जानकारी दिए  ।

शिविरमा साँझसम्म ७ सय जनाको स्वास्थ्य परीक्षण गरेका थिए । जात्राका क्रममा घाइते भएका, सामान्य बिरामीको उपचारमा प्रयोग गरीने औषधि निःशुल्क वितरण गरिएको आयोजकले जानकारी दिएको छ ।
शिविर बिहान ४ बजेदेखि बेलुका ८ बजेसम्म जारी रहनेछ । स्वास्थ्य परीक्षणमा डा. प्रियस, डा. इभालगायत  फिजियोथेरापिष्ट सम्लग्न थिए । 
 

Last modified on 2018-08-28 18:01:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts