नोबेलको ईमर्जेन्सी कक्ष र सेवामा सुधार



Download our app to get more features

विराटनगर, ७ भदौ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बिरामीको सेवा र सहजताका लागि आकस्मिक कक्षको सुधार गरेको छ । बिरामीले सहजै सेवा पाउन भन्ने उदेश्यले ईमर्जेन्सी कक्षको सेवामा सुधार र केही सेवा पनि थप गरेको हो । 

बिरामीको सहजताका लागि आकस्मिक कक्षमा स्वास्थ्यकर्मीको संख्या बढाउनुका साथै अस्पतालले २४सै घण्टा ‘रेसपोन्स टिम’ र ‘ट्रली बोइ’ परिचालन गरेको छ । आकस्मिक अवस्थामा आएका बिरामीलाई खर्च अभाव भएमा सर्तनामा गराएर उपचार गराउन कर्मचारी पनि खटाईएको अस्पतालका प्रबन्ध निर्देशक इन्दिरा शर्माले जानकारी दिईन् । उनका अनुसार बिरामीलाई सहज रुपमा आकस्मिक कक्ष सम्म पुर्याउन २४सै घण्टा अस्पतालको गेटमा ‘ट्रली बोइ’ खटाईएको हो । ‘ट्रली बोइ’ ले बिरामी आईपुग्ने बित्तिकै एम्बुलेन्सबाट निकालेर सकेसम्म छिटो आकस्मिक कक्षमा पुर्याउने गर्छन् । 

दुई बिरामी बराबर एक नर्सिङ स्टाफ 
यस्तै, बिरामी र उनीहरूको आफन्तलाई सहज होस् भन्ने उदेश्यले ९ जना स्वास्थ्यकर्मीको ‘इमर्जेन्सी रेस्पोन्स टिम’ परिचालन गरिएको छ । बिरामीलाई आवश्यकता अनुसार तत्काल शल्यक्रिया वा सघन उपचारका लागि अस्पताल सञ्चालक र अस्पताल प्रशासनका प्रतिनिधिले निगरानी गरी ढिलाई हुन नदिन प्रभावकारी भूमिका निर्वाह गर्ने गर्छन् । ईमर्जेन्सीमा २ जना बिरामी बराबर एक नर्सिङ स्टाफ खटाइएको छ । उनीहरुले बिरामीसँग सम्बन्धित डाक्टरलाई बोलाएर आवश्यकता अनुसार उपचारको व्यवस्थापन मिलाउने गर्छन् । रेसपोन्स टिमसँगै न्यूरो सम्बन्धी बिरामीका लागि तत्कालै उपचारको व्यवस्थापन गर्न न्यूरोका नर्सहरूको छुट्टै टिम पनि परिचालन गरेको ईमर्जेन्सी ईन्चार्ज डा. अमितकुमार अग्रहरीले बताए ।  

ईमर्जेन्सी मै भेन्टिलेटरसहितको आईसीयू कक्षको पनि व्यवस्था मिलाएको छ । ईमर्जेन्सीमा इसीजी, ल्याब परीक्षण, अल्ट्रासाउण्ड, एक्स रे लगायतको व्यवस्था गरिइको छ । 
नोबेलले ईमर्जेन्सी सेवामा सुधार गरेपछि उपचारमा सहज भएको बिरामी र बिरामीका आफन्तको भनाई छ । उपचारका लागि आमालाई नोबेल लिएर आएका सुनसरी ईनरुवाका शिशिर दत्त र हजुरआमाको उपचारका लागि नोबेल आएका मोरङको पथरीशनिश्चरेका लालबहादुर बुढाथोकीले सेवामा ब्यापक सुधार भएको बताए ।
 

Last modified on 2018-08-24 07:36:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts