‘कानमा तेल हाल्दै नहालौ’

(भिडियोसहित)

What's This?


Download our app to get more features

सामन्यतया अन्य बेला भन्दा वर्षायाममा कानमा बढी संक्रमण हुने गर्छ । पानीमा भिज्ने हुँदा त्यस्तो फोहोर पानी कानमा पसे संक्रमण वा अन्य समस्या हुन सक्छ । कतिपय मानिसको पहिला नै कानमा समस्या भए हुन सक्छ । यस्तो व्यक्तिका लागि बर्षायाम झन् कष्टप्रद हुनसक्छ । यस्तै समस्या लिएर लिएर अस्पताल आउने बिरामीको संख्या दिनानुदिन बढ्दो रहेको बताउँछन नाक, कान, घाँटीरोग विशेषज्ञ डा. आनन्द घिमिरे । यस्ता बिरामीले कसरी सजगता अपनाउने र कानलाई कसरी सुरक्षित राख्ने भनेर डा. घिमिरेले केही सुझाव दिएका छन् । जानौं डा. घिमिरेका सुझाव ः— 

लक्षण:

  • कान चिलाउने ।
  • कानबाट पानी बग्ने ।
  • इन्फेक्सन भएको छ भने धेरै दुख्ने हुन्छ ।

ध्यान दिनु पर्ने कुराहरू :

  • कानमा पानी पार्नु हुँदैन । 
  • नुहाउँदा कानमा कपास राख्ने । 
  • कानमा तेल हाल्नु हँुदैन ।

उपचार:

  • कान सफा गरिने गरिन्छ ।
  • फगल इन्फेक्सन भएमा एन्टीफङ्गल ड्रप दिने । 

सुझाव:

  • कानमा तेल हाल्दै नहालौ ।
  • अनावश्यक औषधि कानमा नहालौ ।
  • कानमा जथाभावी नकोट्याउ ।
  • चिकित्सकको सल्लाहबिना कानमा ड्रप हाल्ने नगरौ ।

भिडियो हेर्नुहोस्:

Last modified on 2018-07-25 09:10:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts