कसरी लाग्छ थाइराइड रोग ? जानी राखौं !

सन्दर्भ : विश्व थाइराइड दिवस



Download our app to get more features

थाइराइड ग्रन्थी घांटीमा रुद्र घन्टीको तल हुन्छ । यसले २ वटा हर्मोन T3 र T4 दिन्छ । थाइराइड ग्रन्थीलाई अर्को ग्रन्थी पिट्युटरी ग्रन्थीले कन्ट्रोल गर्दछ । पिट्युटरी ग्रन्थीले TSH भन्ने हर्मोन दिन्छ । जसले थाइराइड ग्रन्थीलाई T3 र T4 निकाल्नलाई प्रेरित गर्दछ । 
थाइराइड रोग

थाइराइड तीन किसिमका हुन्छन् :

१. थाइराइड ग्रन्थीले कम काम गर्ने रोग

२. थाइराइड ग्रन्थीले धेरै काम गर्ने रोग

३. थाइराइड ग्रन्थीको क्यान्सर

थाइराइड ग्रन्थीले कम काम गर्ने रोग

– यो रोगमा T3 र T4 कम हुन्छ र TSH बढ्छ । 

थाइराइडका लक्षणहरु
–जाडो धेरै हुनु

–शरीर सुन्निने

– छाला खस्रो हुनु

–काम गर्ने जांगर नहुनु

–कब्जियत हुनु

– गलगाँड निस्कनु

–तौल बढ्नु, (केवल २–४ किलो)

–महिनावारी गडबड हुनु

– निःसन्तान हुनु

– टन्सिल बढ्नु, टन्सिल दुख्ने थाइराइड रोगको कारण हुँदैन । 

किन Hypothyroidism को उपचार गर्ने ? 

– मानसिक तथा शारीरिक तन्दुरुस्तीको लागि

– मुटु रोगबाट बच्नको लागि 

– (गर्भवती महिलाको लागि) जन्मने बच्चाको राम्रो स्वास्थ्यका लागि । बच्चाको दिमागको विकासको लािग थाइराइड हर्मोन अपरिहार्य हुन्छ । 

Hypothyroidism को उपचार कसरी हुन्छ ? 

– बाहिरबाट थाइराइड हर्मोन (Thyroxine) सेवन गर्नु पर्दछ । 

–यो अप्रेसन गर्नु पर्ने रोग होइन ।

 – औषधि सेवन गर्दा ३–६ महिनामा रगतको परीक्षण गर्नुपर्छ । 

थाइराइड ग्रन्थीले धेरै काम गर्ने रोग (Hypothyroidism)

–यो रोगमा T3 र T4 बढ्छ र TSH कम हुन्छ । 

लक्षणहरु

–तौल कम हुँदै जानु 

–गर्मी धेरै लाग्नु

–पसिना धेरै आउनु

– मुटु धेरै धक धक हुनु

– दिसा धेरै पटक लाग्नु

– हात, खुट्टा काम्नु

– सास फुल्नु

– निन्द्रा नलाग्नु, बेचैनी धेरै हुनु

– गलगांड निस्कनु

–आँखा ठूलो हुँदै जानु

Hypothyroidism कति किसिमका हुन्छन् ? 

मुख्यतः २ किसिमका हुन्छन :

१. Graves Disease

२.Thyroiditis

– यी दुई बिल्कुल फरक रोग हुन र उपचार पनि बिल्कुल फरक छन् । 

– Graves disease अलिकति जटिल रोग हो भने Thyroiditis आफै निको हुने रोग हो । 

Graves disease कसरी पत्ता लाग्छ ? 

– रगतमा T4 र TSh हर्मोन हुन्छ जाँच गरेमा Hyperthyroidism  पत्ता लाग्छ । 

– यो अवस्थामा T4 बढ्छ र TSH  कम हुन्छ । 

– तर Graves disease नै हो भनेर यकिन साथ भन्नको लागि एक किसिमको टेस्ट Thyroid Uptaker Scan गर्नु पर्दछ । 

Graves disease को उपचार कसरी हुन्छ ? 

तीन तरीका छन् :

१. औषधिबाट कम्तिमा पनि १२–१८ महिना औषधि खानु पर्ने हुन्छ । तर औषधि बन्द गरेपछि ५०–६० मा फेरी यो रोग फर्किन्छ । 

२.अप्रेशनबाट यदि गलगाँड ठूलो छ भने अप्रेशन गर्न सकिन्छ । 

३. Radioactive Lodine  एक किसिमको औषधि हो जसको सेवन गर्दा यो रोग पूर्णतया निर्मूल हुन्छ । 

 थाइराइड रोग कसरी लाग्छ ? 

– थाइराइड रोग खानपिनको गडबडी अथवा व्यायामको कमिले हुने रोग होइन । 

– बन्दा, काउली धेरै खाएर लाग्ने रोग पनि होइन । 

– यो एक किसिमको Auto Immune रोग हो । अर्थात शरीरको प्रतिरोधात्मक शक्ति शरीरकै अंग प्रति लक्षित हुने अवस्था हो । 

– Thyroiditis थाइराइड ग्रन्थीको भाइरल इन्फेक्सनले हुन्छ । 

– केहि औषधिहरुले गर्दा पनि थाइराइडको गडबडी हुनसक्छ । 

 थाइराइड ग्रन्थीको क्यान्सर Thyroid Cancer

– थाइराइड ग्रन्थीको क्यान्सर निको पार्न सकिने क्यान्सर हो । 

लक्षणहरु 

– गलगाँड छिटो छिटो बढ्नु

– गलगाँड दुख्नु

– आवाज परिवर्तन भइ मोटो आवाज हुनु

– गलगाँड बढेर खान निल्न गाह्रो हुनु, श्वास फेर्न गाह्रो हुनु

 थाइराइड ग्रन्थीको क्यान्सर कसरी पत्ता लाग्छ ? 

– गलगाँडको सुइ जाँचबाट FNAC 

– घाँटीको भिडियो एक्सरेबाट

 थाइराइड ग्रन्थीको क्यान्सरको उपचार कसरी हुन्छ ? 

– अप्रेसनबाट

– अप्रेसन गरिसकेपछि धेरै एक किसिमको औषधि Radio Active आयोडिन दिनुपर्ने हुनसक्छ । 

– उपचार पछि नियमित जाँच गरी राख्नुपर्दछ । 

 

 

 

Last modified on 2018-02-18 21:41:55

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts