आरसिटी किन गर्ने ?

(भिडियोसहित)



Download our app to get more features

दाँतको जरैदेखि उपचार गर्नुलाई आरसिटी भनिन्छ । दाँतको नशासम्म संक्रमण पुगेपछि आरसिटी गर्नुपर्छ । नशासम्मै संक्रमण भएको छैन भने सामान्य भराइले पनि काम गर्छ । 
दाँतको जरादेखि उपचार गर्दा दाँतको चपाउने भाग वा भित्री भागमा सानो प्वाल बनाएर दाँतको नशासम्म पुगेर उपचार गरिन्छ । प्रोस्थाडेन्टिस्ट एण्ड जनरल प्राक्टिसनर डा. सूर्यनारायण पुनले आरसिटी गर्दाका फाइदा र ध्यान दिनुपर्ने केही सुझाब दिएका छन् । जानौं डा. पुनको सुझाब ः—

आरसिटीका फाइदा:

  • दाँत नहँुद आउने समस्याबाट छुटकरा पाइन्छ ।
  • आरसिटी गर्दा आफ्नो प्राकृतिक दाँत रहि रहन्छ जसले  सुन्दरतामा कमी हुन दिदैन ।
  • बचेको दाँतमा सारो चिज परेमा टुक्रेर जाने हुन्छ । त्यसलाई बचाउन डेन्टल क्याप लगाउँदा दाँत बचाउन सकिन्छ ।

ध्यान दिनुपर्ने कुराहरु 

  • दाँतमा किरा लाग्न नदिनु राम्रो हुन्छ ।
  • दाँतमा किरा लागेको सुरुमा उपचार गर्दा सामान्य उपचारले पनि निको हुन्छ ।
  • दाँतलाई सफा गरिरहनु पर्छ ।
  • दाँत सम्बन्धी कुनै पनि समस्या आए समयमै उपचार गर्नुपर्छ ।
     

भिडियो हेर्नुहोस्:

Last modified on 2018-07-09 06:18:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts