ग्राण्डी अस्पतालका सम्पूर्ण सेवा सञ्चालनमा



Download our app to get more features

काठमाडौँ, १८ असार । सिम्रिक एयरको हेलिकप्टर अस्पतालको हेलिप्याडमा अवतरण गर्दा भएको दुर्घटना पछि पनि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको सम्पूर्ण सेवा सञ्चालनमा आएको छ । 

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेका अनुसार अस्पतालको चिकित्सक टोलीलाई लिन आएको सिम्रिक एयरको हेलिकप्टर शनिबार दिउँसो अस्पतालको हेलिप्याडमा अवतरण गरिसकेपछि अचानक अनौठो आवाज आएर घडिको सुइको विपरित दिशामा केहि फन्को घुमेर अस्पतालको दक्षिणतर्फको कुनामा खस्न पुगेको थियो । 

चितवनको भरतपुरमा बिरामी लिन जानका लागि चिकित्सक टोली लिन विमानस्थलमा इन्धन भरेर आएको हेलिकप्टर अस्पतालमा अवतरण गरिसकेपछि हेलिप्याडको छेउहुँदै तल खसेको थियो । हेलिकप्टरका पाइलट क्याप्टेन हरेराम थापा सुरक्षित अवस्थामा बाहिर निस्कन सफल भएको डा पाण्डेद्वारा आइतबार जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । 

‘हेलिकप्टर खसेपछि अस्पतालको छानामा थोरै क्षति पुगेको थियो, यस घटनाका कारण अस्पतालको नियमित सेवा सञ्चालनमा कुनै बाधा पुगेको छैन । सम्पूर्ण सेवा सञ्चालनमा छन्’ विज्ञप्तिमा उल्लेख छ ।

रासस
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts