विश्व संगीत दिवस

सचेतना, सिर्जना र मनोस्वास्थ्य   



Download our app to get more features

प्राडा धनरत्न शाक्य, एमडी
वरिष्ठ स्नायु, दुव्र्यसन तथा मनोरोग विशेषज्ञ

यो संसार, समाज, दुनियाँ र मानव सभ्यता वर्तमान स्वरुपमा आइपुग्नमा विभिन्न तत्वहरुले भुमिका खेलेको देखिन्छ । मानव सभ्यता, समाज अनि भविष्यको दिशा वर्तमान साहित्य, संगीत, कला र प्रविधिबाट प्रभावित र निर्धारित हुनेगर्छ । साहित्य, संगीत, कला र प्रविधिमा अभिव्यक्त हिजोको ज्ञान, सिप, अनुभव र यथार्थताको आधारमा वर्तमानको जुन पृष्ठभूमि र चित्र तयार हुन्छ, त्यसैको जगमा भविष्यको खाका कोरिन्छ । अतः विवेकी नजरमा साहित्य, संगीत, कला र प्रविधि उच्च जँच्ने गर्छ ।   

यस्तो महत्वपूर्ण साहित्य, संगीत, कला, सिर्जना, प्रविधि र सँस्कृति भनेका मानव मनका उपज हुन् । सर्जक, कलाकार, प्राविधिक र पोख्त सँस्कृति वा विषयविद्को मनमस्तिस्कमा रहेको ज्ञान, सिप, कला, अनुभव र प्रतिबिम्बमा नै यूगको लागि मार्ग निर्देशन मिल्ने साहित्य, संगीत, कला र प्रविधिको विकास हुने हो । यसर्थ, साहित्य, संगीत, कला र प्रविधि जन्माउने, हुर्काउने र प्रवद्र्धन गर्ने सर्जक, कलाकार, प्राविधिक र पोख्त सँस्कृति वा विषयविद् समाज र राज्यका आदरणीय आभूषण हुन् । यसका लागि सर्जक, कलाकार, प्राविधिक र पोख्त सँस्कृति वा विषयविद्को सिर्जना स्वस्थ, सकारात्मक, समाज र भविष्यको लागि दिशाबोध गराउन सक्ने खालको हुनुपर्छ । त्यो सर्जकको मन, मनोस्वास्थ्य र मनस्थितिमा धेरै हदसम्म भर पर्छ ।      

समय, समाज र सन्ततिलाई सहि दिशाबोध
सर्जक, कलाकार, प्राविधिक र पोख्त सँस्कृति वा विषयविद्को मनमस्तिस्क स्वस्थ, सन्तुलित, परिलक्षित, सापेक्ष, अबसिभुत, तृष्णा, मोह, चिन्ता मुक्त भएमा नै समय, समाज र सन्ततिलाई सहि दिशाबोध गराउने साहित्य, संगीत, कला, प्रविधिको सृजना र विकास हुने हो ।       

सभ्य र स्वस्थ समाजमा अविछिन्न रुपमा र बेलामौकामा परिलक्षित भएर केकस्ता साहित्य, संगीत, कला, प्रविधि हावी हुँदैछ र फैलिँदैछ भनी विद्वत्वर्ग र समाज, समय हाँक्नेहरुले विवेचना गर्न आवश्यक हुन्छ । खाली केटाकेटीको कुखुरेबैंस, मायामोह, मोजमस्ती, यौन, शारीरिक सौन्दर्य र स्वच्छन्दताको मात्रै चर्चा र बोलवाला छ कि ? यस्ता सिर्जना सामग्रीको बढावाले भर्खरभर्खर हुर्किरहेका किशोरकिशोरी र आममानिस दिग्भ्रमित नहोलान् त ? 

आम नेपाली मनमुटु जिर्णरुपमा उदासिन देखिन्छ भनिन्छ । भनिन्छः खुशी मन गीतको संगीत प्रभावी हुन्छ भने दुःखी, निरास र पीडित मनलाई दुःख, निरासा, पीडा, बिछोड, प्रतिकुल जीवन परिस्थिति र कटु यथार्थ आफ्नै लाग्छन् र गीतको शब्दपक्षले बढी छुन्छ, बसिभुत बनाउने गर्छ ।     

समय, समाज र भविष्यलाई दिशाबोध गराउने र आफ्नो कार्यक्षेत्र हाक्ने सजग, सचेत र सक्षम विद्वत्वर्ग र सबैले हाम्रा साहित्य, संगीत, कला, प्रविधि, सृजना कस्ता छन् भनी विवेचना गर्ने बेला भएन र ? न कोरा अपरिपक्व र युग, समाजलाई दिग्भ्रमित गर्ने खालका कुखुरेबैंस, मायामोह, मोजमस्ती, यौन, शारीरिक सौन्दर्य, अश्लिलता र स्वच्छन्दताको चर्चामै रुमल्लिएका त छैनौं ? यात्राका बेलामा गाडीमा, पार्टीभोज वा भेटघाटका अवसर, सबैजसो सञ्चार माध्यम वा टेलिभिजन च्यानलहरुमा बज्ने गीत, संगीत, श्रब्यदृश्य वा अन्य सामग्री केलाउन अत्यावश्यक भएको छ । यस्ता सामग्रीले कलिला र अरुको लहलहैमा सजिलै लाग्ने भावुक नेपाली मनमुटु बाटो बिराइरहेका त छैनन् ? मनोरोग लागेर बिक्षिप्त, बेचैन, अन्यौलग्रस्त, अरुको लहलहैमा सजिलै लाग्ने र थिल्थिलो भएका मानिसलाई अझ नकारात्मक प्रभाव पार्ने सिर्जना, सामग्री वा साहित्यले पो हाम्रो समाज विकृत बन्दै छ की ? गम्भीर र उत्तरदायी होऔं, सर्जकहरु हो । 

संगीत : दिशाबोध र पीडा कम गर्ने उपचार विधि
हामी सिर्जना किन गर्छांै ? केका लागि मन मथिंगल गलाएर साहित्य, संगीत, कला, प्रविधि, सँस्कृतिको जगेर्ना, सम्बद्र्धन र विकास भन्दै दिनरात लागि पर्छौ त ? बाटो नचिनेका, ठीकबेठीक थाहा नभएका वा बाटो बिराएका किशोरकिशोरी, बहुसंख्य आममानिसका लागि दिशाबोध गराउन, पीडा कम गर्नका लागि की दिग्भ्रमित बनाएर गल्तीको लागि उक्साउन, बिर्सेको दुःख उल्टो उप्काउन वा निरास बनाएर आत्महत्यातिर लगाउन ? त्यत्तिकै ग्लुमी सन्डे जस्ता सामग्रीलाई बन्देज लागेको हो र ? 

हाम्रा साहित्य, संगीत, कला, प्रविधि, वा सिर्जनाहरुलाई केलाऔं । हाम्रो सन्दर्भमा पनि, अब यसो भन्नु अतिशयोक्ति नहोला; लेख्ने, गाउने वा कुनैपनि सिर्जना गर्ने मानिसले आफ्नो सबैभन्दा प्रिय प्यारो सन्तानलाई सम्झेर उनीहरुलाई के शन्देस वा दिशाबोध गर्ने हो त्यो सम्झेर स्वस्थ र निर्मल मनले सिर्जना गर्नु परेको छ । पाठक, श्रोता र आम मानिसले पनि स्वस्थ सिर्जनालाई मात्र अंगाल्ने; अस्वस्थ साहित्य, संगीत र सिर्जनालाई आलोचनात्मक बहिस्कार गर्ने सँस्कृति बनाउनु समय सापेक्ष हुनेछ । यसले विकृत मनस्थिति, नियत अनि सर्जकको नाममा कलंक हुने प्रवृत्ति हतोत्साहि हुनेछ । 
भर्खर भर्खर सिर्जना गर्न सिक्दै गरेकाहरूले पनि सर्जकको नीतिनियम, कर्तव्य, दायित्व, मानवता, इथिक्सलाई मनमुटुमा राखेर सर्जक धर्म अपनाउन आवश्यक हुन्छ । कर्मक्षेत्रमा स्थापित भइनसकेको अपरिपक्व अवस्थामा भुल, गल्ती, कमीकमजोरी हुने र अरुको दबाब वा लोभमोहमा पर्ने सम्भावना अधिक हुनेगर्छ । खाली लहलहै वा हुट्हुटिमा आएर सर्जक जस्तो पवित्र र उत्तरदायी कर्मक्षेत्र नअंगाल्दा नै राम्रो हुन्छ ।

सचेत पाठक, उत्तरदायी सर्जक
आजभोलि बिना मेहनत, साधना, तालिम वा अध्ययन; हुट्हुटि, लहलहैमा लागेर रहरका लागि मनपरी लेख्ने, गाउने, बोल्ने वा सिर्जना गरेको भनी टोपल्ने, अरुको सिर्जना ‘कटपेष्ट’ वा बौद्धिक चोरी गर्ने ठूलै जमात्ले गर्दा सर्जकहरुको मानमर्दन र अपमान हुँदैछ । सामाजिक सञ्जाल, युट्यूव जस्ता मञ्चमा निर्लज्ज वा अज्ञानतावस् वा नासमझ, लालचको पछि लागेर कति मानिस आफू र अरुलाई पनि सिर्जनाको नाममा दिग्भ्रमित पारिरहेका देखिन्छन् ।
अब सर्जक र पाठक सबै सचेत, सजग र उत्तरदायी होऔं । आआफ्ना भूमिकामा खरो उत्रनसके युगले हामीलाई दिएको अवसरको सदुपयोग भएको मानिनेछ । होइन भने हामी आफैंले हाम्रो बौद्धिकस्तर, मनोदशा र मनस्थितिको लाजमर्दो परिचय बनाउँनेछौं । हामी आफू पनि बेचैन, असन्तुष्ट र अधोगतिगामी रहनेछौं । मानव इतिहासको गर्भमा एक अर्को दिग्भ्रमित कालखण्डको रुपमा बिस्मृतिमा बिलिन हुनेछ हाम्रो यो युग पनि ।     
 

Last modified on 2018-06-22 07:44:50

2 Comments

  1. Very useful.

  2. Nice artical.


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts