निःसन्तान मध्ये ८५ प्रतिशतले सामान्य उपचारमै सन्तान पाउँछन्
(भिडियोसहित)
            कुनै पनि परिवार नियोजनका साधन प्रयोग नगरि नियमित सहवास गरेको एक वर्षसम्म पनि बच्चा भएन भने त्यस्तो अवस्थालाई निःसन्तान भनिन्छ । निःसन्तान हुनुमा महिला र पुरुष दुबैको उत्तिकै भुमिका रहन्छ । कन्सल्टेन्ड गाइनोकोलोजिष्ट सविना श्रेष्ठको भनाइ यस्तो छ । 
 
पुरुषका कमजोरी
- विर्यमा शुक्राणु नबने ।
 - विर्यमा संक्रमण हुने ।
 - शुक्राणुको बनावटमा खराबी ।
 - हार्मोनमा गडबढी ।
 - पुरुषको कुनै कारणबस सहवास प्रक्रियामा असमर्थता ।
 
महिलाको कमजोरी
- श्रीमतीको नली बन्द हुनु ।
 - नलीमा पिप वा पानी जम्ने ।
 - अण्डा उत्पादन हुन नसक्ने ।
 - हर्मोनको गडबढी हुनु ।
 - पाठेघरको झिल्ली पातलो हुनु ।
 - पाठेघरको झिल्लीमा मासु बढ्नु ।
 
के के को जाँच गर्ने
- पाठेघरको झिल्लीमाटीबिको जाँच ।
 - महिनावारी भएको तेस्रो दिनमा हर्मोनको जाँच ।
 - रगतको सामान्य जाँच ।
 - भित्री अल्ट्र«ासाउण्डद्वारा अण्डाको जाँच ।
 - दुरबीन प्रविधिद्वारा पाठेघरको भित्री भाग तथा नलीको जाँच ।
 - नियमित सहवास भएको एक वर्षसम्म पनि सन्तान भएन भने महिला पुरुष दुवैले जाँच गर्नुपर्छ । श्रीमानको शुक्रकिट र सामान्य रगतको जाँच गर्ने ।
 - श्रीमतीको भिडियो एक्स रेबाट पाठेघर र अण्डाकोष हेर्न सकिन्छ ।
 - नलीको जाँच गर्न सकिन्छ ।
 - हर्मोनको जाच गर्नु पर्ने हुन्छ ।
 
उपचार
- सामान्यतया ८५ प्रतिशत निःसन्तान दम्पतीलाई सामान्य उपचारले नै सन्तान प्राप्त हुन सक्छ ।
 - १० देखि १५ प्रतिशत निःसन्तान दम्पतीलाई मात्र एड्भान्स ट्रिटमेन्टको जस्तै टेस्ट ट्युब बेबीको आवश्यक पर्छ ।
 - सामान्य परार्मशबाट उपचारमा सहयोग हुनसक्छ ।
 - केहीँ व्यक्तिलाई कृत्रिम गर्भाधान गर्नु पर्ने पनि हुन्छ ।
 - श्रीमानको शुक्रकिट औषधिमा राखेर एक्टिभ शुक्रकिट छानेर श्रीमतीको पाठेघरमा राख्ने ।
 - कसै कसैको शुक्रकिट उत्पादन नै हँुदैन भने डोनरको शुक्रकिट राख्ने र सहमतिमा सन्तान जन्माउने गरिन्छ ।
 
उपचार विधि
- सबै जाँच पश्चात श्रीमानश्रीमती सामान्य उपचार गर्ने आर्टिफिसिल इन्सेनेसन विद पार्टनर्स स्पर्म ।
 - एगडोनर ।
 - सिमेन एण्डएम्ब्रियो ।
 - इन्ट्रासाइटोप्लाज्मिक स्पर्म इन्जेक्सन ।
 
भिडियो हेर्नुहोस्:
                
                
                     Last modified on 2018-06-22 14:33:39                
                
                                    