११ वर्षमा ३ सय डाक्टर कुटिए



Download our app to get more features

काठमाडौं, ५ असार । गत फागुन ६ गते जिल्ला अस्पताल डोटीमा कार्यरत डाक्टर जितेन्द्र सिंह माथि बिरामीका आफन्तले निर्घात रुपमा कुटपिट गरे ।

आक्रमणमा परि गम्भीर घाईते भएका सिंहको टाउको, हात, ढाँडमा गहिरो चोट लागेको थियो । राम्रोसंग बिरामीको उपचार नगरेको निहुँमा सिंहमाथि सांघातिक आक्रमण भएको थियो । गत मंसिर २९ गते दार्चुलामा कार्यरत डाक्टर सन्दीप कडेलमाथि तीन युवकले हातपात गरे । बिरामीको खाना खाने बिषयलाई लिएर भएको भनाभव कुटपिटमा परिणत भएको थियो ।  
साउन १६ गते वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हातपात भयो । 

अस्पतालको प्रसुती वार्डमा प्रवेशगरी स्त्री रोग विशेषज्ञ डा चन्दनी पाण्डे र स्टार्फ नर्स ज्योति चौधरीलाई बिरामीका आफन्तले हातपात गरेका थिए । गत भदौं २४ गते पाटन अस्पतालमा बिरामीका आफन्तले डा.विमल पाण्डे र डा. सन्चित कार्कीलाई कुटपिट गरे । एम्बुलेन्स उपलब्ध नगराएको निहँुमा डाक्टरहरुमाथि हातपात गरेका थिए ।
उपचारको विषयलाई लिएर चिकित्सक माथि हुने हिसांत्मक घटना बढ्दै जान थालेको छ ।

समयमा उपचार नगरेको, बिरामीको हेरचाह राम्रो नगरेको, उपचार गर्दा लापरर्वाही गरेको जस्ता गम्भीर आरोप लगाएर चिकित्सकमाथि कुटपिट गर्ने घटनाको वृद्धि भएको चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघले जनाएको छ । नेपाल चिकित्सक संघको ११ वर्षको अभिलेख हेर्दा करिब ३ सय चिकित्सक कुटिएका छन् । अधिकारीहरुका अनुसार जनताको स्वास्थ्य उपचार गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षा बिना बिरामीको उपचार सम्भव छैन ।

११ वर्षमा ३ सय डाक्टर कुटिए  
स्वाथ्य जस्तो संवेदनशिल क्षेत्रमा उपचारकै क्रममा चिकित्सकमाथी यस प्रकारको दुव्र्यवहार प्रदर्शन गर्नुले चिकित्सकहरुको मनोवलमा नकारात्क प्रभाव पार्नुका साथै स्वाथ्य सेवा प्रवाहमा समेत नकारात्मक असर पर्नेछ । त्यसैले यस्ता अपराधिक मानसिकता बोकेका व्यक्ति समुह वा जो कोहिलाई जेल विथआउट बेल को प्रावधानलागु गर्न नेपाल चिकित्सक संघले माग गरेको छ । चिकित्सकमाथि यस्ता घटना हुनुले स्वाथ्य संस्थामा गम्भिर असर पुग्ने नेपाल चिकित्सक महासंघका महासचिव डाक्टर लोचन कार्कीले बताए । नेपाल चिकित्सक संघका अनुसार ११ वर्षको अवधिमा ३ सय बढी चिकित्सक स्वाथ्यकर्मीमाथि आक्रमण भएका छन् । 

डाक्टरमाथि आक्रमण भएका ठूला घटना 

  • उपचारको क्रममा विरामीको मृत्यु भएपछि २०६३ साल जेठ ९ गते लुम्बिनी अञ्चल अस्पताल, बुटवलमा कार्यरत डाक्टर श्रीकृष्ण गिरीमाथि मृतकका आफन्तले आक्रमण गरे । आक्रोशित समुहले डाक्टर  गिरी माथि कुटपिट गरि अस्पतालमा समेत तोड फोड गरे । 
  • उपचारको क्रममा बिरामीको  मृत्यु भएपछि मृतकका आफन्तले २०६३ जेठ १० गते काठमाडौंको एभरेष्ट नर्सिङ होममा स्वास्थ्यकर्मी माथि  हमला गर्नुका साथै अस्पतालमा तोडफोड गरे । 
  • उपचारकै क्रममा बिरामीको मृत्यु भएपछि  जनकपु अंचल अस्पतालमा ०६३ असार २ गते आफन्तले अस्पतालमा कार्यरत डाक्टर र अस्पतालमा आक्रमण गरे ।   दुर्घटनामा सख्त घाइते  भएका विरामीको  उपचारको क्रममा मृत्यु भएपछि उक्त अस्पतालमा कार्यरत मेडिकल सुपरीटेण्डेन्ट लगायत अन्य स्वास्थ्यकमीहरु माथि भएको हातपात तथा अस्पताल तोडफोड भएको भयो ।  
  • २०६३ भाद्र १२ गते राती बीर अस्पतालमा ईमरजेन्सी विरामीको उपचारमा कार्यरत चिकित्सकहरु तथा स्वास्थ्यकर्मीहरु माथि  बिरामीका आफन्तले आक्रमण गरे  ।
  • २०६३भदौ २८ गते हरिसिद्धी गा.वि.स वडा न.ं ८ निवासी श्री ओम भक्त राईकी बर्ष ३ की छोरी बिद्या राईको पाटन अस्पतालमा उपचार क्रममा निधन भएपछि आफन्तले डाक्टरमाथि आक्रमण गरे । सो उपचार कार्यमा संलग्न चिकित्सकहरु डा. नीरज बनेपाली र डा. बिनायक ढुंगेलमाथि आफन्तहरुले कुटपिट गरेका थिए । 
  • २०६४ साल बैशाख ११ गते राती कलेज अफ मेडिकल साईन्सेस, भरतपुर, चितवनमा कार्यरत चिकित्सकद्वय डा. मनोज यादव तथा डा. अमित हडोले लगायत अन्य स्वास्थ्यकर्मी माथि भएको सांघातिक आक्रमण भयो । 
  • २०६४ असार २ गते राती ८.३० गते बिराटनगर १३ स्थित कोशी अञ्चल अस्पतालका बाल रोग विभागमा प्रमुख डा. राम पदारथ विच्छाको निवासलाई लक्ष्य गरी बम बिस्फोट गराईएको थियो । 
  • २०६४ साउन १९ गते नेपालगंज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार हुदा हुदै बिरामीको मृत्युको निहुमा विरामीका आफन्तले उक्त अस्पतालमा हुल हुज्जत गरी, डर त्रास देखाई एवं चिकित्सक बसेको निवासमा बिरामीका आफन्तले ढुंगामुढा गर्नुका साथै कुटपिट गरेका थिए । 
  • बिरामीको मृत्युको विषयलाई लिएर ६४ साल भाद्र २५ गते कान्ति बाल अस्पतालमा चिकित्सकहरुमाथि विरामीका आफन्तले कुटपिट गरेका थिए । 
  • २०६४ भाद्र १ गते  लाईफलाईन अस्पताल, दमकमा  स्थानीले  चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि जधन्य सांघातिक आक्रमण गरि घाईते तुल्याएको र अस्पताल, एम्बुलेन्स र अन्य सवारी साधनमाथि तोडफोड गरि आगजनी समेत गर्ने प्रयास गरेको थियो ।  
  • २०६४ मंसीर २ गते ं नोबल मेडिकल कलेजका संचालक समितिका अध्यक्ष डा. ज्ञानेन्द्र गिरी लगायत उक्त संस्थाका संचालक लाई  वाई. सी. एल. ले अपहरण गरि १४ घण्टा सम्म शारिरीक र माननसीक यातना दिएको । 
  • २०६४ माघ १० मा मलंगवा अस्पताल, सर्लाहीमा ड्यूटीमा रहेका स्वास्थ्यकर्मीहरुमाथि कुटपिट तथा गाली गलौज गरि कुटपिट गरेको । 
  • यहि २०६५ असार २१ गते काठमाडौं स्थित एभरेष्ट नर्सिङ होममा  पेटको उपचार भएको र पछि वीर अस्पतालमा निधन भएका विरामी श्री नारायण शाहको उपचारको विषयलाई लिएर आफन्तले अस्पतालमा कार्यरत डाक्टर र अस्पतालमा तोडफोड गरिएको थियो । 
  • २०६५ भाद्र ९ गते धुलिखेल अस्पतालमा सविना लामाको उपचारको क्रममा निधन भएपछि निजका आफन्तले  स्वास्थ्यसंस्थामाथि आक्रमण गर्नुका साथै तोडफोड गरेका थिए । 
  • २०६५ आश्विन ६ गते हिमाल नर्सिङ होमका चिकित्सक डा. ऋषि खत्रीमाथि आक्रमण गएको थियो । 
  • २०६५ कार्तिक ९ गते नर्भिक इन्टरनेशनल हस्पिटलमा मोडर्न इन्डियन स्कूल,चौभारका प्रिन्सिपल जे. वी. शर्माको उपचारमा ढिलाईले मृत्यु भएको आरोपमा आफन्तले विरामीका आफन्तले डाक्टरमाथि आक्रमण गर्नुका साथै कुटपिट गरेका थिए । 
  • २०६५ मंसीर १ गते गोर्खा जिल्ला अस्पतालमा कार्यरत चिकित्सक डा. विकास जैसी, नेपाल जनस्वास्थ्यसंका सदस्य एवम् वरीष्ठ जनस्वास्थ्य अधिकृत श्री अच्यूत लामिछाने लगायत स्वास्थ्यकर्मीहरुमाथि भएको हातपात भयो । 
  • २०६६ असार १५ गते तुल्सीपुर स्थित दीर्घायू पोलिक्लिनीकमा विरामीको उपचारमा खटिएको समयमा राप्ती अञ्चल अस्पतालका मेडिकल अधिकृत  ईश्वरराज देवकोटालाई ३–४ जनाको अज्ञात समूहमा आएका व्यक्तिहरुले सांघातिक आक्रमण गरी घाईते बनाए । 
  • २०६६ भदौ ११ गते  गते नारायणी उप क्षेत्रिय अस्पतालको आकस्मिक कक्षमा अस्पतालमा कार्यरत डाक्टरमाथि आक्रमण भएको । 
  • २०६६ भाद्र ३१ गते जनकपुर अञ्चल अस्पतालमा कार्यरत चिकित्सक कुलदिप पण्डित माथी गरिएको सांघातिक आक्रमण भएको थियो । 
  • उपचारमा लापरर्वाही गरेको आरोपमा २०६६ कार्तिक ३ गते  वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको हाडजोर्नी विभागमा कार्यरत चिकित्सकहरु डा. कुमुद लिम्बु र डा. मोहम्मद.फरिद अमातुल्लाह माथी विरामीका आफन्तहरुको कुटपिट गरे । 
  • मिति २०६६ मंसिर १६ गते  नेशनल इन्स्टीच्यूट अफ न्यूरोलोजिकल एण्ड एलाइड साइन्सेज (न्यूरो अस्पताल) बाँसबारीमा उपचारका लागि भर्ना गरिएका विरामीको उपचारकै क्रममा मृत्यू भएपछि आफन्तले डाक्टरलाई कुटपिट गरी अस्पतालमा समेत तोडफोड गरे ।
  • २०६६ चैत्र १८ गते चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जका चिकित्सक राजेन्द्र बस्याल, चिकित्सक सुनिल झा र चिकित्सक भरत झामाथी भएको आक्रमण भएको ।
  • ०६६ नेशनल इन्टीच्यूूट अफ न्यूूरोलोजिकल एण्ड एलाइड साइन्सेज न्यूूरो अस्पताल बाँसबारीमा डाक्टर माथि  विरामीका आफन्तले आक्रमण गरेका थिए । 
  • मिति २०६७ भाद्र १ गते जिल्ला अस्पताल सिराहामा चिकित्सक विष्णु देव मण्डलमाथी भएको हातपात र अस्पतालमा तोडफोड गरिएको थियो । 
  • २०६७ आश्विन १८ गते बीर अस्पतालको आकस्मिक कक्षमा  अल्ट्रासाउण्ड कक्षमा कार्यरत चिकित्सकमाथी केहि व्यत्तिले आक्रमण गरेका थिए । 
  • २०६७ साल फागुन १७ गते अत्याधिक रक्सी सेव गरेका विरामीको मृत्यु भएपछि लाहान अस्पतालमा कार्यरत डाक्टरमाथि मृतकका आफन्तले आक्रमण गरेका थिए । 
  • २०६७ फाल्गुण २६ गते  वि.पी. कोइराला भरतपुर क्यान्सर अस्पताल चितवनमा कार्यरत  डा. अन्जनी कुमार झा एवं अन्य चिकित्सकहरुमाथी हात पात गरिएको थियो । 
  • २०६७ चैत्र २३ गते दिउसो नेपाल चिकित्सक संघका पूर्व उपाध्यक्ष एवं नेपाल मेडिकल काउन्सिलका सदस्य डा. अनील कुमार झाज्यू माथी धारिलो हतियार प्रयोग गरि सांघातिक आक्रमण गरिएको छ । डा. झा नेपाल मेडिकल काउन्सिलमा जानका लागि धुम्बाराही स्थित चप्पल कारखाना पुगी केहि काम विशेषले रोकिएको अवस्थामा अचानक धारिलो हतियार प्रयोग गरी गम्भीर घाईते बनाईएको थियो । 
  • २०६८ भदौ ८ मा शिक्षण नकपा आमोवादीको बन्दका क्रममा शिक्षण अस्पतालमा कार्यरत डाक्टर र सवारी साधनमाथि आक्रमण  भएको थियो । 
  • २०६८ भदौ १९ गते धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट माथि अस्पताल विकास समितिका अध्यक्षले आक्रमण गरेका थिए । 
  • २०६८ भाद्र २० मा भरतपुर क्याम्पस अस्पतालको डाक्टर शिवजी पौडेलमाथि कार्यलय हाताभित्र मोटरसाइकलमा आएका अपरिचित व्यक्तिले आक्रमण गरि गम्भीर घाईते बनाएको थियो ।
  • २०६८ साल चैत्र ५ गते स्वाथ्य तथा जनसंख्या मन्त्रीले विरअस्पतालमा कार्यरत चिकित्सकमाथि आक्रमण गरेका थिए । मदिरा सेवन गरेर अस्पताल पुगेका मन्त्रीले स्वाथ्यकर्मीमाथि आक्रमण गर्नुका साथै दुव्र्यवहार गरेका थिए । 
  • २०६८ जेठ १३ गते वि.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा कार्यरत  डा. शिवजी पौडेलज्यूमाथी गरिएको सांघातिक आक्रमणको भएको थियो । 
  • २०६८ भाद्र ७ गते  धादिङ जिल्ला अस्पतालमा भएको घटनाका सम्बन्धमा नेपाल चिकित्सक संघको गम्भिर ध्यानाकर्षण भएको छ ।
  • २०६८ माघ २० गते राम कुमार उमा प्रसाद स्मारक अस्पताल लाहानमा कार्यरत मे.सु श्री डा. मिश्रीलाल शाह लगायत त्यस अस्पतालमा कार्यरत अन्य कर्मचारीहरु माथि दुव्र्यवहार भएको   ।
  • २०६८ चैत २० गते कोसी अंचल अस्पतालमा विरामीको मृत्यु भएपछि विरामीका आफन्तले  विराटनगरका डाक्टर र कर्मचारी माथि आक्रमण गरेका थिए ।  
  • ०६८ चैत्र ४ गते धादिङ जिल्ला स्वाथ्य कार्यालय झर्लाङ स्वाथ्य चौकीका अहेवको हत्या भएको थियो । 
  • ०६९ असार २२ र २६ मा भरतपुर क्यान्सर अस्पतालमा कार्यरत डाक्टरहरुमाथि आक्रमण भयो । 
  • ०६९ असार २७ गते विपि कोईराला स्वाथ्इ विज्ञान प्रतिष्ठामा कार्यरत वाल रोग विशेषज्ञ डाक्टर बसन्त शाहमाथि हातपात र दुव्र्यवहार भएको थियो ।
  • ०६९ साउन १६ मा तेह्रथुम जिल्ला अस्प्तालमा कार्यरत डाक्टरमाथि विरामीका आफन्तले आक्रमण गरि घाईते बनाएको थियो । विरामीको उपचारमा ध्ययान नदिएको आरोपमा विरामीका आफन्तले डाक्टर सुदन श्रेष्ठमाथि आक्रमण गरेको थियो । 
  • ०६९ भदौ २२ मा क्षेत्रिय अस्पताल राप्तीमा कार्यरत डाक्टरमाथि मादक पदार्थ सेवन गरेर गएका स्थानीले कुटपिट गरेर घाईते बनाएका थिए । 
  • ०६९ पुष २० मा झापाको दमकमा उपचारको क्रममा सुतकेरी सरस्वती अधिकारीको मृत्यु भएपछि आफन्तले डाक्टरमाथि आक्रमण गर्नुका साथै अस्पतालमा समेत तोडफोड गरेका थिए । 
  • ०६९ चैत २० मा कोशी अंचल अस्पताल विराटनगरमा उपचारको क्रममा विराटनगर १८ का हेम नारायण यादवको मृत्यु भएपछि डाक्टर र अस्पतालमाथि मृतककमा आफन्तले आक्रमण गरे ।
  • ०७० असार ९ गते मोरङको हरैँचा बस्ने सुनसरीको ईटहरीको मेरी स्टोभ सेन्टरमा उपचारको क्रममा मृत्यु  भएपछि डाक्टर सुर्यदेव शाहलाइ मृतकका आफन्तले आक्रमण गरि घाइते बनाएका थिए । सुर्यदेवमाथि कर्तव्य ज्यान मुद्धा समेत दायर भएको थियो । 
  • ०७२ भदौ २५ मा बाराको कलैयामा रहको कलैया अस्पतालका डाक्टर शैलेन्द्र कुमार झा माथि आक्रमण गरि गम्भीर घाईते बनाउनुका साथै आक्रमण भएको थियो । 
  • ०७२  भदौ २४ मा पाटन अस्पतालका डाक्टरमाथि मृतकका आफन्तले कुटपिट गरि गम्भीर घाइते बनाएका थिए । 
  • ०७३ मंसीर ६ मा गजेन्द्रनारायण सिंह अस्पतालमा मधेस आन्दोलनको बेला अस्पताल परिसरमा प्रवेश गरि डाक्टरहरुलाइ कुटपिट गर्नुका साथै घाईते बनाएका थिए । 
  • ०७३ जेठ २० मा विरामीको उपचारमा ध्ययान नदिएको भन्दै भरतपुर क्यान्सर अस्पतालमा विरामीका आफन्तले हुलदुङगा गर्नुका साथै अस्पतालमा कार्यरत डाक्टरमाथि आक्रमण गरेका थिए । 
  • ०७३ जेठ २३ गते जिल्ला अस्पताल बैतडिका मेसु डाक्टर लगायत अन्य कर्मचारीलाई विप्लब नेतृत्वको माओवादीले कालोमोसो दल्नुका साथै कुटपिट गरेका थिए । 
  • ०७३ जेठ २५ मा विरामीको उपचारमा ध्ययान नदिएको भन्दै विरामीका आफन्तले  कोशी अञ्चल अस्पतालमा कार्यरत डाक्टरमाथि विरामीका आक्रमण गरेका थिए । 
  • ०७३ माघ ९ मा उपचारको क्रममा विरामीको मृत्यु भएपछि नेशनल ईन्चिच्युट अफ न्यूरोलोजिष्ट एण्ड एलाईढ साईन्स वासवारीमा मृतकका आफन्तले उपचारमा संलग्न डाक्टरहरुमाथि आक्रमण गरेका थिए । आक्रमणमा संलग्न १२ जनालाई प्रहरीले सार्वजनिक अपराधको मुद्धा दायर गरेको  छ। 
  • ०७४ बैशाख बैशाख ६ गते विरामीको उपचारमा ध्ययान नदिएको भन्दै बच्चाका आफन्त अनिल श्रेष्ठले कान्ति वाल अस्पतालका डाक्टर मुकुन्द कुमार देव माथि दुव्र्यवहार गरे । 
  • ०७४ बैशाख ८ मा  उपचारको क्रममा विरामीको मृत्यु भएपछि विरामीका आफन्तले शहिद गंगालामा कार्यरत डाक्टरमाथि विरामीका आफन्तले आक्रमण गरे ।  मृतकका आफन्त महेस बस्नेत र राजन अधिकारीले डाक्टरमाथि आक्रमण गरेका थिए । डाक्टरमाथि आक्रमण गर्ने दुवैजनालाई प्रहरीले सार्वजनिक अपराधको मुद्धा दायर गरेको छ । 

ऐनमा यस्तो छ व्यवस्था 
स्वाथ्यकर्मी तथा स्वाथ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६३ ले अस्पतालमा हातपात, तालाबन्दी, तथा तोडफोड जस्ता कार्य गर्न नहुने उल्लेख छ । यस्तो कसुर गरेको भेटिए पाँच हजारदेखि १० हजार सम्म जरिवाना व्यवस्था गरिएको छ । साथै यस्तो गरेको भेटिए तीन लाख सम्म जरिवाना वा एक महिनादेखि एक वर्षसम्म जरिवाना हुने उल्लेख छ । तर डाक्टरहरुले एनमा उल्लेख भएको सजायले डाक्टरमाथि आक्रमण गर्नेहरुको मनोवन बढीरहेको भन्दै जेल विथआउट बेल हुनुपर्ने प्रावधान राख्नुपर्ने बताएका छन् ।

Last modified on 2018-06-19 11:48:06


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts