ज्वरो आए बेवास्ता नगरौं, टाइफाइड होला

(भिडियोसहित)



Download our app to get more features

गर्मीको समय छ । यो बेला बिभिन्न संक्रमणका कारण ज्वरो आउने र ज्वरो बिग्रिएर टाइफाइड हुने सम्भावन निकै हुन्छ । टाइफाइडको बेलैमा उपचार गरिएन भने जटिल समस्या नआउला भन्न पनि सकिदैन । समयमै उपचार नगरेका कारण कतिपयले टाइफाइडकै कारण ज्यान गुमाएका उदाहरण पनि छन् । यसकारण ज्वरो आएको बेला सामान्य हो भनेर बेवास्ता नगर्न जनरल फिजिसियन डा. प्रेम पाण्डेको सुझाब छ ।

टाइफाइडलाई नेपालीले म्यादी ज्वरो भनेर पनि चिन्ने गर्छन् । हाम्रो शरीरमा साल्मोनोला टाइफी लगायतका ब्याक्टेरियाको संक्रमण हँुदा टाइफाइड हुन्छ । विशेष गरेर टाइफाइड भए नभएको यसको लक्षणका आधारमा परीक्षण गरेर थाहा हुन्छ । 

टाइफाइडका लक्षण :

  • काम ज्वरो आउने ।
  • ज्वरो दिन प्रतिदिन बढ्दै जाने ।
  • पसिना आउने ।
  • खाना खान मन नलाग्ने ।
  • टाउको, पेट दुख्ने । 
  • रिंगाटा लाग्ने । 
  • कब्जियत हुने ।
  • छालामा गुलाबी रंगका दागहरू देखिने । यस्ता लक्षण अन्य रोग लाग्दा पनि देखिन सक्छ । त्यही भएर चिकित्सकले परीक्षण गरेपछि मात्रै एकिनका साथ रोगको पहिचान हुन्छ । 

टाइफाइड हुने कारण :

  • मुख्य कारण भनेकै टाइफाइडका बिरामीको दिसामा रहेका ब्याक्टेरियाहरू प्रदुषित खाना तथा पानीको माध्यमबाट स्वस्थ व्यक्तिमा सर्नु  ।
  • वरपरको वातवरण फोहोर हुनु ।
  • बासी सडेगलेको खाना खानु ।
  • रोगप्रतिरोधात्मक क्षमताको कमी हुनु ।

यसरी पत्ता लगाइन्छ :

टाइफाइडका लक्षणहरू अन्य रोगका लक्षणसँग पनि मिल्दा जुल्दा हुन्छन् । यसकारण बिरामीको रगत, दिसा, पिसाब परीक्षण गरेपछि मात्रै टाइफाइड हो वा अन्य रोग भएको एकिन गर्न सकिन्छ । 

बेलैमा उपचार नगरे यस्तो असर :

धेरैले टाइफाइडलाई सामान्य ज्वरोको रुपमा लिने गर्छन । ज्वरो आएको त हो नी भनेर जथाभावी प्यारासिटामोल, साइनेस लगायतका औषधि सेवन गरेर बस्ने गर्छन् । तर, यसले एक छिनको लागि ज्वरो घटेपनि टाइफाइडका किटाणु मार्नुको सट्टा अन्य अंगलाई समेत असर गरिरहेको हुन्छ ।  यो क्रोनिक अवस्थामा पुग्यो भने आन्द्रा, पेटमा प्वाल पर्नुको साथै  कलेजो लगायतका अंगमा गम्भीर असर गर्छ । जसका कारण मानिसको मृत्यु समेत हुनसक्छ । 

टाइफाइडबाट बच्न यसो गर्ने :

  • टाइफाइडबाट बच्ने मुख्य उपाय भनेको टाइफाइड गराउने ब्याक्टेरियाबाट जोगिनु नै हो । यसबाहेक निम्न सजगता अपनाउन सकिन्छ ।
  • टाइफाइडविरुद्धको खोप लगाउने ।
  • सधै सफा स्वस्च्छ खाना खाने ।
  • वरपरको वातवरण स्वस्च्छ राख्ने ।
  • पानी उमालेर मात्र पिउने ।
  • काचो सागपात खादा राम्ररी पखालेर मात्र खाने ।
  • बासी सडेगलेका खाना नखाने ।
  • ज्वारो आयो भन्दैमा जथाभावी औषधिको सेवन नगर्ने ।
  • ५ - ६ दिन भन्दा बढी ज्वारो आयो भने तुरुन्त स्वास्थ परीक्षण गराउने । टाइफाइडको संक्रमण भएका बिरामीलाई पूर्ण निको नहुञ्जेल विशेष निगरानीमा राख्ने ।

भिडियो हेर्नुहोस् :

Last modified on 2018-06-14 07:38:06


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts