भक्तपुर क्यान्सर अस्पतालमा थपिदै सहयोगी हात



Download our app to get more features

काठमाडौं,३० जेठ । भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत बिरामीहरुलाई  १६ जना बिरामीका लागि  उषा ढकालले फाउण्डेशनले विभिन्न सहयोग गरेको छ । 

फाउण्डेशनलेह्विल चियर, रेडियसन, शल्यक्रिया तथा केमोथेरापी प्रदान गरेको छ । भक्तपुर क्यान्सर असपतालका सभापति तथा नेपाल क्यान्सर रिलिफ सोसाइटीका केन्द्रीय अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ लाई एक कार्यक्रमको आयोजना गरी फाउण्डेशनका अध्यक्ष सुरेश ढकालले आफुले प्रदान गरेको सामान र सेवा हस्तान्तरण गरे । उनले २ थान ह्विल चियर,२ जनाको शल्यक्रिया, ३ जनाको रेडियसन तथा ९ जनालाई केमोथेरापी निशुल्क रुपमा प्रदान गरेका हुन् ।

साथै ढकालले विलपा पखरा स्मृति भवनका लागि रु १ लाख रुपैयाँ पनि सहयोग गरेका छन् ।उनले भविष्यमा आफूले यस अस्पताललाई सक्दो अन्य सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उ

क्त अवसरमा अस्पतालका सभापति श्रेष्ठले यस्तो सहयोगी मन र हातका कारण बिरामीलाई हौसला तथा उपचारमा सहयोग पग्ने भन्दै धन्यवाद व्यक्त गरेका थिए ।

Last modified on 2018-06-13 11:27:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts