ग्यास्ट्रिक भएकालाई पेटको क्यान्सरको जोखिम उच्च

(भिडियोसहित)



Download our app to get more features

तेस्रो विश्वमा क्यान्सरबाट मृत्यु हुनेहरूको संख्या केही वर्षयता तिव्र गतिमा बढिरहेको विभिन्न अध्ययनहरूले देखाइरहेका छन् । यी क्षेत्रको बसोबास, जीवनशैली र अस्वस्थकर खानपिनका कारण क्यान्सर रोगीको संख्या पनि बढ्दो छ । साथै क्यान्सरले कुनै निश्चित उमेर समूहलाई मात्रै पीडित बनाउँछ भन्ने पनि छैन । जुनसुकै अंगमा र जुनसुकै उमेरका मानिसलाई क्यान्सर हुनसक्छ ।
तेस्रो विश्वका अन्य मुलुकजस्तै नेपाल पनि यो समस्याबाट अछुतो छैन् । नेपालमा सन्दर्भमा हेर्ने हो भने आमाशयको क्यान्सरले पछिल्लो समय धेरैलाई पीडित बनाइरहेको छ । आमाशयको क्यान्सर के हो, किन हुन्छ र यसबाट कसरी बच्ने ? भनेर ग्यास्ट्रो सर्जन प्रशनवीर कंशाकारसँग प्रश्न गरिएको थियो । जानौ डा. कंशाकारको जवाफ :-

आमाशयलाई पेट भनेर पनि बुझ्ने गरिन्छ । आमाशय शरीरको महत्वपूर्ण अंग हो । खानानलीको अन्तिम विन्दु र सानो आन्द्रा सुरु हुनु अघिको भाग जहाँ खाएको खाना भण्डार हुन्छ त्यसलाई आमाशय भनिन्छ । आमाशयका कोषिकाहरूको अनियन्त्रित वृद्धि नै आमाशयको क्यान्सर हो । 

आमाशयको क्यान्सरको कारण 

आमाशयको क्यान्सर हुने कुनै निश्चित कारण छैन् । धेरै कारणले हुन सक्छ । केही वर्ष अघिसम्म ४५–५० वर्ष उमेर पुरा गरेका मानिसलाई बढी मात्रामा क्यान्सर हुन्छ भन्ने थियो । तर, अहिले कम उमेरका व्यक्तिमा समेत क्यान्सर देखिने क्रम बढ्दो छ । आमाशयको क्यान्सर हुने मुख्य कारण निम्न हुन्  ।

  • लामो समय ग्यास्ट्राइटिस गराउने किटाणुको संक्रमण हुनु । 
  • धुम्रपान । 
  • आगोमा पोलेको खाना धेरै खानु । 
  • अस्वस्थ खानपान ।
  • वंशाणुगत गुण ।

लक्षण :

समग्र क्यान्सरलाई चार चरणमा विभाजन गरेर हेर्न गरिन्छ । यो पहिलो चरणमै क्यान्सर भएको पत्ता लागेर उपचार गरे पूर्ण निको पार्न सकिन्छ । तर, तेस्रो, चौथो स्टेजमा पुग्यो भने निको हुन गाह्रो हुन्छ । आमाशयको क्यान्सर हुँदा सुरुवाती चरण वा पहिलो चरणमा कुनै लक्षण नदेखिन पनि सक्छ । यद्यपि, यसका लक्षणहरू निम्न हुन्छ । 

  • ग्यास्ट्रिकको जस्तैं समस्या हुन्छ ।
  • पेट दुख्ने ।
  • पेट ढुस्स हुने ।
  • औषधि खाँदा पनि पेटको दुखाई कम नहुने । 
  • खाना रुची नहुने ।
  • दुब्लाउदै जाने ।
  • दिसामा रगत देखिने ।
  • पेट फुल्ने हुन्छ ।
  • जीउ आलस्य हुने ।

जोगिने उपाय:

आमाशयको क्यान्सर हुँदा धेरै लक्षण ग्यास्ट्रिककै जस्तो हुने हुँदा यो निकै क्रोनिक भएपछि मात्रै उपचार गराउने धेरैको बानी छ । यो क्यान्सर लाग्न नदिन यस्ता सावधानी अपनाउनु पर्छ । 

  •  ग्यास्ट्राइटिस् भएमा उपचार गराइहाल्ने । 
  • पोलेको, रातो, धेरै बोसोयुक्त मासु नखाने ।
  • धुम्रपान तथा मध्यपान नगर्ने ।
  • बढी मसलादार, चिल्लो पिरो खाना नखाने ।
  • ढुसी परेको, बासी खाना नखाने ।
  • जंग फुडहरूको सेवन नगर्ने ।
  • तनावमुक्त रहने । 
  • नियमित व्यायम गर्ने ।
  • वंशमा कसैलाई क्यान्सर भए बेला बेलामा स्वास्थ परीक्षण गराउने ।
  • कुनै पनि लक्षणको संका लागेमा तुरुन्त चिकित्सककोमा परीक्षण गराउने ।

भिडियो हेर्नुहोस् :

Last modified on 2018-06-11 07:08:45

1 Comments

  1. Dr docter sir nameste,Malai pani gastick vaheko 1 years vayo.Indokopi garda aandrama gas xa vandai thiyo docter le plus corascopi gardai normal dekhayo ajhai pani ramro ssanga think vahena khana pray ma normal khanxu oily masaladar khana khasai ma khana fauji vaheka karanle Khanpin vane ko jasto hudaina taipani khana narmal khanxu ani SAS arkeko jasto mum sukha June pida xa kasari yo samasya bata niskine upaya vandinu hola


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts