छालालाई गर्मीमा स्वस्थ राख्ने यी हुन् उपाय

(भिडियोसहित)



Download our app to get more features

तुलनात्मक रुपले अन्य मौसममा भन्दा गर्मीयाममा मानिसहरू बिरामी बढी हुने गर्छन । त्यसमध्ये पनि धेरैमा छाला सम्बन्धी समस्या बढी हुनेगर्छ । यस्ता समस्याको उपचार समयमै नभए कुरुप बन्ने सम्भावना समेत रहने चिकित्सकहरूको भनाइ छ । यसकारण गर्मीयाममा छालाको स्याहार कसरी गर्ने भनेर छाला तथा यौनरोग विशेषज्ञ डाक्टर अनिलकुमार दासको सुझाव यस्तो छ :-

हाम्रो शरीरका अंगहरू मध्ये बाहिरी वातावरणसँग प्रत्यक्ष सम्पर्कमा रहने अंग छाला नै हो । यसकारण घाम, पानी, हावा, धुवाँ, धुलो सबैको प्रत्यक्ष असर छालामा नै पर्छ । 

हुनत सबै व्यक्तिलाई छालामा समस्या देखिन्छ भन्ने हुँदैन । फेरी सबैमा एकै प्रकृतिको समस्या हुन्छ भन्ने पनि होइन । व्यक्तिको शारीरिक बनौट, छालाको प्रकृति, वंशाणुगत गुण आदिले निर्धारण गर्छ ।

गर्मी मौसममा छालाका देखिन समस्याहरू

कतिपयको जन्मजात छालामा समस्या हुनसक्छ भने कयौंको वंशाणुगत समस्या पनि हुन्छ । यस्ता समस्याको उपचार समयमै भए निको पार्न सकिन्छ । तर, केही समस्या उपचार गर्दा पनि ठीक नहुने खालका हुन्छन् । 
पछि देखिने समस्या भनेका छाला अनुकुलको वातावरण नभएर देखिने समस्या हुन् ।

विशेषगरी गर्मीयाममा धेरै देखिने समस्या घमौरा आउने हो । गर्मीमा पसिना बढी आउँछ । विभिन्न कारणले पसिना आउने ग्रन्थी टालियो भने घमौरा आउँछ । यस्ता घमौरा कुनै चिलाउने हुन्छ, कुनै नचिलाउने पनि हुन्छ । 
छालामा ब्याक्टेरियाको संक्रमणका कारण पनि समस्या हुन्छ । छालामा फोकाहरू आउने, घाउ खटिरा आउने, माछाको जस्तै कत्ला देखा पर्ने, छाला चिलाउने, जनै खटिरा आउने मुख्य कारण छालाको संक्रमण नै हो । 

यसकारण हुन्छ छालामा संक्रमण 

प्रदुषित वातावरण, गर्मी बढी हुँदा पसिना आएर शरीर फोहोर हुनु, कसिलो वा छालालाई बोझ पर्ने बक्ला, पोलिष्टरका कपडा लगाउनु, सरसफाईमा ध्यान नदिदा छालामा संक्रमण हुनेगर्छ ।

संक्रमणबाट बच्ने उपाय 

  • छाला सुहाउँदो गुणस्तरीय क्रिमको प्रयोग गर्ने ।
  • सरसफाईमा ध्यान दिने ।
  • प्रदुषित वातावरणमा नबस्ने ।
  • चर्को घामबाट छालालाई जोगाउने ।
  • पातालो खुकोलो सुतीको कपडा लगाउने । 
  • पानी प्रशस्त पानी पिउने ।
  • आराम गर्ने, स्वास्थ्यवर्धक खाना खाने ।
  • अनिदो नबस्ने, तनाव नलिने । 
  • बच्चाहरूलाई पसिनाकै चिसो लागेर अन्य समस्या आउने भएकाले उनीहरूलाई विशेष निगरानीमा राख्ने । 
  • घमौरा आए सफा कपडा पानीमा भिजाएर पुछने र त्यो ठाउँ सुक्नदिने ।
  • छाला चिलायो वा घाउ खटिरा आयो भने कनाउनु हँदैन् ।
  • लामो समयसम्म समस्या भइरहे चिकित्सकलाई देखाउने । 
  • जथाभावी औषधि नखाने वा नलगाउने । 
     

भिडियो हेर्नुहोस्:

Last modified on 2018-06-06 22:18:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts