बाथ दीर्घरोग हो तर, नियन्त्रणमा राख्न सकिन्छ
(भिडियोसहित)
            बाथरोग भनेको शरीरको रोग निरोधक शक्तिले आफ्नै शरीरको अंगलाई असर गरेर हुने रोग हो । त्यसैले यसलाई अटोइम्युन डिजिज् पनि भनिन्छ । बाथरोगलाई गम्भीर रोग मानिन्छ, किनभने यो रोगले मानिसलाई निरन्तर सताउँछ र दीर्घरोगको रुपमा रहिरहन्छ । तर, यसको समयमै पहिचान गरी उपचार गर्न सकियो भने शरीरको हड्डी र जोर्नीहरू बचाउन सकिने बताउँछन् रुमेटोलोजिष्ट डा. अन्जल विष्ट । जानौं बाथबाट जोगिने उपाय र बाथ रोग लागि सकेपछि नियन्त्रणमा राख्न गर्नु पर्ने सचेतता बारे डा. विष्टले दिएका सुझाव :-
बाथ रोगका कारण
बाथ रोग लाग्ने कुनै एक निश्चित कारण छैन । खास के कारणले बाथ रोग लाग्छ भन्ने एकिन भइसकेको छैन । यो कुनै संक्रमणबाट लाग्ने रोग होइन । शरीरमा रोग प्रतिरोधात्मक शक्ति (इम्युन) मा समस्या भएमा यो रोग लाग्छ । कतिपयमा बाथ रोग वशांणुगत पनि हुन्छ ।
बाथ रोगका लक्षण
- हाडजोर्नीमा दुखाई ।
 - जोर्नीहरू सुनिने ।
 - आँखा रातो हुने ।
 - औलाहरू सुनिने ।
 - मिर्गाैलामा असर गर्ने ।
 - फोक्सोमा असर र श्वासप्रश्वासमा समस्या ।
 
समाधानका उपाय
- सबैभन्दा पहिले माथिका लक्षण देखिएमा चिकित्सकको परार्मश लिने ।
 - बाथ भएको थाहा पाउनसाथै नियमित औषधि सेवन गरेमा यसबाट हुने असरबाट बच्न सकिन्छ ।
 
उपचार
- कुन किसिमको बाथ हो त्यस अनुसारको उपचार गर्नुपर्छ ।
 - औषधि प्रयोग गर्ने ।
 - फिजियोथेरापी गर्ने ।
 - कडा किसिमको बाथमा सुईमार्फत पनि औषधि दिनुपर्ने हुन्छ ।
 - बाथका कारण हड्डी र जोर्नीमा क्षति पुगिसकेको भए औषधिले ठीक हुँदैन शल्यिक्रिया गर्नुपर्ने हुन्छ ।
 
भिडियो हेर्नुहोस्:
                                    