राष्ट्रकवि घिमिरेलाई पुनः भारत लगिने, स्वास्थ्यमा सुधार भएन



Download our app to get more features

काठमाण्डौ । शनिवारमात्रै नेपाल फर्काइएका राष्ट्रकवि माधव प्रसाद घिमिरेको स्वास्थ्यमा थप समस्या देखिए पछि पुनः भारत लगिने भएको छ । 

भारतको मेदान्त अस्पतालमा उपचार गराएर स्वदेश फर्केर ग्राण्डी अस्पतालमा लगिएका राष्ट्रकवि घिमिरेको स्वास्थ्यमा पुनः समस्या देखिए पछि भारत लैजाने तयारी भएको हो । घिमिरेको दिसामा निरन्तर रगत देखिएपछि गत जेठ ९ गते उनलाई भारतको मेदान्त अस्पताल लगिएको थियो । ग्राण्डी अस्पतालका मेडिकल डाईरेक्टर डा. चक्रराज पाण्डेले शनिवार साँझबाटै पुरानै समस्या (दिसामा रगत जाने) देखिएपछि पुनः भारत लैजाने तयारी भएको बताए । 

उनको परिवारले भारतमा उपचाररत चिकित्सक समक्ष कुरा गरीसकेको भन्दै राष्ट्रकविलाई एकपटक फेरी सोही अस्पताल लैजाने निधो गरेको बताए । उनलाई सोमबार भारत लगिने भनिएपनि समय भने तय नगरिएको घिमिरको परिवार श्रोतले बतायो । 

भारतमा उपचार गरेपनि सफल भएन 
डिस्चार्ज भएको २४ घण्टा पनि नहुदै पुनः दिसामा रगत देखिन थालेको भन्दै भारतमा गरेको उपचार पनि सफल नभएको देखिएको अस्पतालका निर्देशक डा. पाण्डे बताउँछन् । र पनि परिवारले सोही अस्पताल लैजाने चाहना गरेकाले रोक्न नसकिएको उनको दावी छ ।  'राष्ट्रकवि ज्यु सय वर्ष नजिक हुनुहुन्छ । उहाँको शरिरको शरिरमा रोग प्रतिरोधात्मक क्षमता अत्यन्तै कम भएकाले समस्या समाधान नभएको हो । भारतका डाक्टरलाई दोष दिने ठाउँ पनि छैन' पाण्डेले हाम्रो डक्टरसँग भने । 

Last modified on 2018-06-04 10:29:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts