एक या दुई खिल्ली चुरोटले पनि निम्त्याउँछ हृदयघात



Download our app to get more features

नसर्ने रोगको कारण मानिसको मृत्यु हुने कारणमध्ये एक धुम्रपान पनि हो । दैनिक रुपमा धुम्रपान गर्ने र कहिलेकाही सेवन गर्ने मानिसहरुमा हृदयरोगको समस्या बढि हुने गरेको विभिन्न अध्ययनहरुले देखाएको छ । आधुनिक जीवनशैली सँगै बढ्दो धुम्रपानका कारण मुटुसम्बन्धि विभिन्न समस्या देखा पर्न थालेको छ । 

वर्तमान समयमा धुम्रपान गर्नु फेसन बनेको छ । विशेषगरी युवा पुस्तामा धुम्रपानको लत परेको देखिन्छ । साथी सँगीको लहलहैमा लागेर धुम्रपान गर्नेहरु पनि लाखौंको संख्यामा छन् । तर, रहर र अर्काको लहलहैमा धुम्रपान गर्नाले तपाईंको स्वास्थ्यमा मात्रै होइन तपाईंको वरपर हुने मानिसमा पनि नकारात्मक असर पारिरहेको हुन्छ । विशेषगरी तपाईं र तपाईंको वरपरका मानिसको मुटुमा यसले खतरनाक प्रभाव पारिरहेको हुन्छ ।

बट्टाको बट्टा चुरोट सेवन गर्नाले मुटुलाई असर पारेकै हुन्छ तर, एक दुई खिल्लीले केही असर हुँदैन भनेर सोच्नु गलत हो । चुरोटको एक दुई खिल्लीले वर्षेनी मुटु र मु्टु सम्बन्धि समस्याले सताउने गरेको पाइएको छ ।

धुम्रपानका कारण मुटुमा ब्लकेज हुनाले हृदयघात हुने, मस्तिष्कमा ब्लकेज हुनाले मस्तिष्कघात र खुट्टाको नलीहरु बन्द हुँदा खुट्टै काट्नु पर्ने अवस्था उत्पन्न हुन्छ ।

चुरोटमा हुने पदार्थहरुमध्ये सबैभन्दा खतरनाक निकोटिन हो । यसले रगतमा मिसिएर रक्त नलीको भित्तामा प्रतिक्रिया देखाउन थाल्छ र शरीरमा अक्सिजननको मात्रा कम गर्न थाल्छ । अर्थात् रक्त सञ्चारमा अवरोध उत्पन्न गरेर मुटुमा ब्लकेजको प्रतिक्रियालाई बढाउन थाल्छ । जसले गर्दा रक्तनली खुम्चिने र हृदयघात, मस्तिष्कघात जस्ता समस्यालाई निम्त्याउँछ ।

विशेषगरी युवा पुस्ता ४० वर्षका हरुमा हुने हृदयघातको कारण धुम्रपान रहेको विभिन्न अध्ययनहरुले देखाएको छ । धुम्रपानकै कारणले हुने हृदयघातमा वंशाणुगत कारण पनि पाइएको छ । तरु, वंशाणुगत कारणले हुने हृदयघात विरलै हुने गरेको पाइएको छ । 

मुटु र दम रोगका लागि लामो समय सम्म धुम्रपान गरेको हुनुपर्छ भने हृदयघातका लागि कुनै समय हुँदैन । त्यसैगरी महिलामा पनि हृदयघातको कारण धुम्रपानलाई मानिएको छ भने रक्तचाप भएका बिरामीहरुले धुम्रपान बिलकुलै गर्नु हुँदैन । किनकी औषधि सेवन गरिरहेको क्रममा धुम्रपानले केही हुँदैन भनेर सोच्नु गलत हो । रक्तचाप भएका व्यक्तिले धुम्रपान सेवन गर्यो भने हृदयघात हुने सम्भावना झन बढि हुन्छ ।   

Last modified on 2018-06-01 08:52:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts